ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

दुई प्रदेशको त्रिवेणी–हापुरे जोड्न पालिकाबीच छलफल

२० आश्विन २०८०, शनिबार
२० आश्विन २०८०, शनिबार

सल्यान, १९ असोज । कर्णालीको सल्यान स्थित त्रिवेणी गाउँपालिका देखि र लुम्बीनी प्रदेशको दाङ हापुरे सम्म जोड्ने द्रुत सडक मार्ग निर्माणको पहल थालिएको छ । शुक्रबार बबई गाउँपालिका र सल्उानको त्रिवेणी गाउँपालिकाविचको संयुक्त बैठकले सडक निर्माण सन्दर्भमा छलफल र आवश्यक निर्णय गरेको हो ।

आफ्नो पालिकाले त्रिवेणीको राम बजार देखी वडा नम्बर १ स्थित अखेला भन्ने स्थान सम्म सडकको लागि ट्रयाक ओपन गरिसकेको जनाउँदै त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष खिम बहादुर रावतले लक्ष्य अनुसार सडक निर्माणका लागि संघ र दुई प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको बताए ।

बबई ४ हापुरेदेखी त्रिवेणी १ को अखेला सम्म सडक सञ्जालले जोडियो भने दुबै जिल्लाका करिव ५ हजार घरधुरी प्रत्यक्ष लाभान्वीत हुने उनको भनाई छ । यो सडक सजिलो र द्रुत मार्गको रूपमा रहने भएकाले दुबै गाउँपालिकाले केन्द्रीय सरकार र आफु रहेको प्रदेश सरकारसंग बजेट व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय भएको अध्यक्ष रावतले बताए ।

बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री, त्रिवेणी गाउँपालिकाका अध्यक्ष रावत संगै वडा अध्यक्ष टेक बहादुर वली, सल्यानका पूर्व जिविस सभापती टिकाराम रोका, इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम बहादुर सुनार लगाएतको उपस्थितिमा शुक्रबार बबईमा छलफल भएको थियो ।ट्रयाक ओपन गरिएको त्रिवेणीको राम बजार देखी अखेला सम्मको सडकलाई फराकिलो बनाउन आफुहरूले चालु आर्थिक वर्षमा ४ लाख विनियोजन गरेको भन्दै यसको निरन्तरताको लागि आगामी हिउँदे गाउँसभाबाट समेत बजेट व्यवस्थापनका लागि पहल गरिने त्रिवेणीका अध्यक्ष रावतले जानकारी दिए । यसका लागि हिउँदे गाउँसभाबाट बबै गाउँपालिकाले पनि आवश्यक पहल गर्नेछ ।

यसैविच हापुरेबाट सल्यान आएको विद्युत लाईनलाई पनि हापुरे देखि त्रिवेणी हुँदै सल्यान श्रीनगर स्थित स्टेशनमा जोड्नका लागि पहल थालिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । ‘हापुरेबाट सल्यान जाँदा ७० किमि लामो दुरी पर्दाेरहेछ’, अध्यक्ष रावतले भने, ‘तर हापुरेबाट त्रिवेणी हुँदै विद्युत ल्याउने हो भने २३ किमि छोटो दुरी पर्नेरहेछ, यसका लागि हामीले कार्यपालिकाबाट आवश्यक निर्णय गरेर विद्युत कार्यालयमा पठाएका छौँ । उसले पनि केन्द्रमा रिपोर्ट गरिसकेको बुझिएको छ ।’ नागरिकलाई छिटो, छरितो र सहज हुने गरी विकास निर्माणको कामलाई अगाडी बढाउन आफुहरू क्रियाशिलताको साथ लाग्ने, सम्बन्धीत निकायहरूसंग पहल गर्ने उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?