© २०२३
सुनवल, १९ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ पोखरापाली देखि वडा नम्बर १५ घिनाहा चोकसम्म दुई लेनमा सडक बिस्तार हुने भएको छ । यसले ऐतिहासिक तथा पुरात्वात्तिक वुद्धकालिन स्थल पण्डितपुरमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । विश्व बैंकको ४१ करोड ८६ लाखको लागतमा हुने सडक निर्माण कार्यको लागी रामग्राम नगरपालिका र ठेकेदार कम्पनी बीच सम्झौता भएको छ ।
नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, परामर्शदाता लगायत सरोकारवालाको रोहवरमा प्रमुख प्रशासकिय अधिकृत मोहन अर्याल र ठेकेदार कम्पनी आशिस आर्शिवाद जेभिका केशर बुढाथोकी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ऐतिहासिक तथा पुरात्वात्तिक वुद्धकालिन स्थल पण्डितपुर सम्म जोड्ने लक्ष्यका साथ निर्माण हुन लागेको ५ दशमलव ७८ किलोमिटर लामो सडक १८ महिना भित्र निर्माण सम्पन्न हुने छ ।
नेपाल शहरी शासकिय तथा पूर्वाधार आयोजना अन्तर्गत निर्माण हुन लागेको उक्त सडक नाला, फुटपाथ सहित ४१ फिट चौडाईको हुने छ । सडक विस्तारका लागि कुनै अवरोध नरहेको र आवश्यक समन्वय गरेर समस्या समाधान गरीने नगर प्रमुख यादवले बताए । यो सडक बहुउपयोगि र महत्वपूर्ण सडक रहेको बताउँदै नगर प्रमुख यादवले एतिहासिक स्थल पण्डितपुर सम्म जोड्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
साथै सो सडक क्षेत्रमा उद्योगधन्दा पनि खुल्ने क्रम बढ्दै गएकाले सडकको स्तरोन्नती अत्यावश्यक भईसकेको अवस्थामा लामो प्रयास पछि डबल लेनको पक्कि सडक निर्माणको काम सुरु हुन लागेको यादवले बताए । नगरपालिकाको हालसम्म कै ठूलो योजनाको रूपमा उक्त सडक आयोजना रहेको यादवको भनाई छ ।