© २०२३
काठमाडौं, १८ असोज ।
काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ । बुधबार राति सवा ११ बजे काठमाडौँबाट पाकिस्तानको कराँची पुगेको विमान फर्किएर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जहाज आसपास केही खतरा भए त्यसको सङ्केत दिने प्रविधि ‘टिकास’मा खराबी भएपछि विमान फर्किएको हो ।
नेपाल वायुसेवा निगमले २०८० भाद्र २० गतेदेखि काठमाडौँबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान सुरु गरेको थियो । काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने गरेको छ ।