ट्रेंडिंग:

>> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी

बुद्धको पहिलो पाइलामा निःशुल्क घुँडाको शल्यक्रिया

१८ आश्विन २०८०, बिहीबार
१८ आश्विन २०८०, बिहीबार

भैरहवा, १८ असोज । बौद्ध मार्गीका ४ वटा पवित्र तिर्थ स्थल मध्ये भगवान गौतमबुद्धले पहिलो पटक पाइला टेकेको स्थान लुम्बिनीबाट थाइल्याण्डका डाक्टरहरूले ३२ जना बिरामीको घुँडाको शल्यक्रिया गरेका छन् ।
रूपन्देही जिल्लाको सिद्धार्थनगर सिटी हस्पिटलमा थाइल्याण्डको श्रीराज हस्पिटलका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ प्राध्यापक डाक्टर किराती सी वानिच नेतृत्वको टोलीले बिरामीको घुँडा तथा हिपको प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपणमा पाल्पा, काठमाडांै, रूपन्देही, कपिलवस्तु, नवपरासी लगायत जिल्लाका बिरामीहरू लाभान्वित भएका छन् ।

आइतबारदेखि मंगलबार तीनदिन सम्म भएको निःशुल्क शल्यक्रिया शिविर सर्जरी क्याम्पसमा सिद्धार्थनगर सिटी हस्पिटलका हाडजोर्र्नी तथा नशा रोग विभाग प्रमुख डाक्टर जावेद अहमद खानको नेतृत्वमा अस्पतालमा कार्यरत डाक्टर, नर्स र अन्य सहयोगी कर्मचारीहरू सहभागी भएको सिटी हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए ।

सिद्धार्थनगर सिटी हस्पिटल प्रालिका प्रबन्ध निर्देशक अर्जुन पौडेलले गत २८ जुलाई २०२३ मा लुम्बिनीस्थित पीस हार्मोनी सेन्टरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । यो नेपालकै राजधानीमा गर्नुपर्ने कार्यक्रम हो सायद यो स्तरका कार्यक्रम मोफसलमा भएका थिएनन् । पौडेलले भने, राम्रो र सबै सुबिधा भएको अस्पताल भएका कारण र लुम्बिनीमा गौतमबुद्धले पहिलो पाइला टेकेको स्थानबाटै शान्तिको सन्देश दिने उद्देश्यले उनीहरूको लामो अध्ययन तथा भिजिटपछि सिटी हस्पिटल उनीहरूको रोजाइमा पर्यो ।

८ सय जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको उक्त शिविरमा औषधी समेत निःशुल्क वितरण गरिएको थियो पौडेलले भने शिविरबाट छनौट भएका ३२ जना बिरामीको निःशुल्क शल्यक्रिया भएको हो । निःशुल्क शल्यक्रिया शिविरले यस क्षेत्रमा बसोबास गर्ने गरीब तथा विपन्न परिवार लाभान्वित भएको पौडेलको तर्क छ । शल्यक्रिया शिविरका लागि थाइल्याण्डबाट १२ जना विशेषज्ञ डाक्टर, फिजियोथेरापिष्ट, नर्सिङ कर्मचारीसहित २५ जनाको मेडिकल टीम र अन्य सहयोगी संस्थाका प्रतिनिधि गरी ७६ जना आएको पौडेलले जानकारी दिए ।
राजकीय थाई विहार लुम्बिनीको पहलमा, थाइल्याण्डस्थित श्रीराज हस्पिटल र थाइल्याण्डमा रहेका सहयोगी संस्थाहरूको सहयोगमा सिद्धार्थनगर सिटी अस्पतालमा शल्यक्रिया शिविर भएको हो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्हारक्याल लामाले लुम्बिनीबाट शान्तिको सन्देश फैलाउन पाउँदा नेपाली भाग्यमानी भएको बताए । लुम्बिनी विश्वकै पवित्र ठाउँ हो यस पबित्र ठाउँबाट सबैलाई शान्तिको सन्देश दिनुपर्छ लामाले भने । बुद्ध दर्शन नै शान्तिको सन्देश भएको बताउँदै उपाध्यक्ष लामाले बुद्ध लुम्बिनी, कपिलवस्तुर नवलपरासीको मात्रै नभएर, ३ करोड नेपालीको भएको बताउँदै ३ करोड नेपालीले यो सन्देश विश्व सामु पु¥याउनुपर्ने बताए ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरकारले गर्ने काम निजी क्षेत्रले गरेकोमा बधाई ज्ञापन गरे । उनले भने, कुनै हिसाबले यहाँहरूले सरकारलाई सहयोग गर्नुभएको छ । सरकारले गर्नुपर्ने काम यहाँहरूबाट सम्पन्न गर्नुभयो यति महत्वपूर्ण कामको संयोजन गर्ने राजकीय थाई विहार लुम्बिनीलाई धन्यवाद दिन चाहन्छु ।

सिद्धार्थनगर सिटी हस्पिटल प्रालिका अध्यक्ष डाक्टर सुवोध कुमार पाण्डेयले सबैले राम्रो सुविधा पाउन भन्नेतर्फ अस्पताल लागिपरेको बताए । उनले शल्यक्रियाले बिरामी आफै हिंड्न सक्ने भएको बताए । सिद्धार्थनगर सिटी हस्पिटलका बिजनेश म्यानेजर पंकज पाण्डेले यो नेपाल र नेपालीका लागि अत्यन्तै राम्रो काम भएको बताए । कार्यक्रममा थाइल्याण्डका भन्ते गुरुहरू, अस्पतालका डाक्टरहरू, नर्सहरूको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?