© २०२३
प्यूठान, १७ असोज । प्यूठान नगरपालिकाको शिक्षा शाखामा नेपाल विद्यार्थी संघ प्यूठानले तालावन्दी गरेको छ । नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाको काजमा रहेका शिक्षकहरुलाई सम्वन्धित विद्यालयम फिर्ता गराउन गरेको ध्यानाकर्षणमा नगरपालिकाबाट बेवास्ता गरेको भन्दै नेपाल विद्यार्थी संघले बुधबार शिक्षा शाखामा तालावन्दी गरेको हो ।
नेविसंघले यसअघि असोज ७ गते नगरपालिकामा रहेका शिक्षकलाई सम्बन्धित बिद्यालयमा पठाउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको थियो । पटकपटक आग्रह गर्दा समेत मागलाई वेवास्ता गरेपछि तालाबन्दी गर्न बाध्य भएको नेविसंघका जिल्ला अध्यक्ष कल्याण विक्रम केसीले जानकारी गराए । माग पुरा नभएसम्म तालाबन्दी नखोलिने उनको भनाई छ ।
नेपाल सरकारले २०८० जेठ ३१ गतेदेखी लागुहुने गरी स्थानीय तहमा बिद्यालयबाट काजमा झिकाएर शिक्षकलाई स्थानीय तहको काममा लगाउन नपाईने र बिद्यालयमै फर्काउन परिपत्र गरेको थियो । तर, प्यूठान नगरपालिकामा उक्त परिपत्रको बेवास्ता गरेको छ ।