ट्रेंडिंग:

>> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु

यातायातमा सेवाग्राहीलाई ‘डबल राजश्व’

राजश्व दाखिला गर्ने कर्मचारीहरूको लापरबाहीले एउटा नम्बरको सवारी साधनको नम्बरमा राजश्व दाखिला गर्नुपर्नेमा सोही उस्तै उस्तै नम्बरको अन्य सवारी साधनमा राजश्व जम्मा गरिदिँदा अहिले सेवा ग्राहीहरूले पुनः राजश्व तिर्न बाध्य भैरहेका छन् । एउटा गतिलो सफ्टवेयर समेत नराख्दा सेवाग्राहीबाट अवैधानिक ‘लुट’ समेत हुने गरेको सेवाग्राहीको गुनासो छ ।
१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

बुटवल, १७ असोज । रूपन्देहीको तिलोत्तमा नयाँ मिलका गोविन्द पाण्डेले लु ३३ प ७०६४ नम्बरको बजाज पल्सर मोटरसाईकल चढ्दै आएका थिए । सोही अनुसार उनले यातायात व्यवस्था कार्यालय (सवारी) मा पनि नियमित रूपमा बार्षिक कर समेत बुझाउँदै आएका थिए । वि.सं. २०७६/०७७ मा पनि उनले कर तिरे । जसको रसिद उनी सँग छ । रसिद नम्बर सहित यातायात कर्मचारीले ४ हजार ५ सय रूपैयाँ लिएर सही छाप सहित विल बुक उनलाई दिएका छन् ।

त्यसपछि पनि उनले प्रत्येक आर्थिक बर्षमा नियमित रूपमा कर तिर्दै आएको रसीद नम्बर सहितको बिलबुकमा उल्लेख छ । आईतबार यो आर्थिक बर्षको कर समेत तिरेर मोटरसाईकल बिक्री गर्दा उनलाई हालसम्म तिरेको करको रिपोर्ट विवरण ल्याउन भनियो । सोही अनुसार उनले रिपोर्ट विवरण समेत पेस गरे तर उनी त्यो बेला अचम्मित परे आर्थिक बर्ष २०७६/७७ मा उनी सँग तिरेको रसिद्, बिल बुकमा समेत उल्लेख भएको भएपनि उनको उक्त बिवरणमा तिरेको देखिएन ।

यातायातको कर्मचारीले लु ३३ प ७०६४ नम्बरको मोटरसाईकलको नाममा कर काट्नु पर्नेमा लु ३० प ७०६४ नाम मा रसिद काटेर दिएका रहेछन् । लु ३० प ७०६४ नम्बरको मोटरसाईकल धनी समेत रकम बुझाएका थिए । यसरी कर्मचारीले एउटा नम्बरको मोटरसाईकलको नाममा कर दाखिला गर्नुपर्नेमा अर्को नामको मोटरसाईकलमा डबल राजश्व काटेको पाइएको छ ।

यो विषयमा उनले कार्यलय प्रमुखलाई समेत जानकारी गराएपनि उक्त बर्षको कर समेत तिर्नुपर्ने नभए मोटरसाईकल नै नामसारी नहुने भनेको कारण आफू मर्कामा परेको बताएका छन् । उनले उक्त आर्थिक बर्षको राजश्व बापत ४ हजार ५ सय पहिला नै दिएका थिए भने यो बर्ष पनि सो बर्षको थप ४ हजार ५ सय तिर्नुपर्ने बाध्यता आएको बुटवल टुडेलाई बताए । उनले भने–‘यसरी एउटै साधनको मैले डबल राजश्व तिरेँ, उताबाट उनले पनि तिरे, सरकारी कर्मचारीको कारण मर्कामा परियो ।’

कर्मचारीको लापरवाहीको कारण उनी एक उदाहरण मात्रै हुन । यातायात कार्यालयमा एउटा व्यक्तिको नाममा रहेको मोटरसाईकलको अर्को व्यक्तिको नाममा रहेको मोटरसाईकल वा सवारी धनीको नाममा राजश्व जम्मा गरिँदा बुटवलमा दुई दर्जन भन्दा बढि सेवाग्राहीहरू मर्कामा पर्ने गरेका छन् । प्रत्येक दिन जसो सवारी साधान खरिद विक्रि गरी नामसारी गर्दा कर विवरण चाहिने र सो निकाल्दा कतिपय सेवाग्राहीहरूले बुझाएको राजश्व अर्कैको नाममा हुने गरेको छ । यसरी कर्मचारीको लापरवाहीले दाखिला गरेको राजश्व समेत अर्कैको नाममा जम्मा हुने गरेको अर्का सेवाग्राही कमल जिसीले बताए । उनले भने–‘मैले स्कुटर विक्रि गर्दा नामसारी गर्न जाँदा राजश्व नै तिरेको छैन भनेर जरिवाना समेत गराउन खोजे मसंग रसिद थियो, मेरो गाडीको नाम र अर्को साधानको नाममा एउटा नम्बर मिष्टेक राखेर राजश्व लिएको रहेछ ।’ उनको सवारी सधान लु ८१ प थियो भने लु ७१ प को नाममा रसिद कर्मचारीले काटेर दिएका छन् ।

एउटै साधनको डबल दस्तुर आउँदा पुनः सच्चाउन नमिल्ने तर्क कर्मचारीले दिदै आएका छन् । जसको कारण सेवा ग्राही मर्कामा परेका हुन । एक पटक राजश्व तिर्दा पुरा विवरा रुजु गरेर मात्रै त्यहाँबाट जानुपर्ने नत्र यस्तै समस्या आउन सक्ने सरोकारवालाहरू बताउँछन् ।
यातायता व्यवस्था कार्यालय (सवारी) का अधिकृत पुष्पराज पाण्डेका अनुसार पुरानो सफ्टवेरमा काम गर्नु पर्दा आर्थिक बर्ष २०७१/७२–७२/०७३ मा अली बढि समस्या आएको बताए । उनले पुरानो सफ्टवेयले एक पटक तिरेको राजश्व पुनः नदेखाउने भएको कारणले पनि काम गर्न समस्या भएको बताए । बुटवल टुडेसंगको कुराकानीमा उनले भने–‘कर्मचारीको गल्तीको कारण अहिले हामीलाई काम गर्न समस्या भएको छ, नयाँ ईबीआरएस सफ्टेवरको लागि पहल गरेका छौं त्यो भएमा समस्या समाधान हुन्छ ।’

सवारी धनी स्वयम उपस्थिति नहुने, अन्य व्याक्तिले राजश्व दाखीला गर्न आउने रकर्मचरीले पनि नम्बर एकिन नगरी राजश्व दाखिला गर्ने गरेको कारण समस्या आएको उनको भनाई रहेको छ । यसको लागि जुन आर्थिक बर्षको राजश्व हो त्यहि बर्षको अर्को पटक तिर्न नमिल्ने, फोटो सहितको मालपोत कार्यालयको जस्तो सफट्वेयर जडानको लागि विभागमा पहल भैरहेको त्यो सफ्ट्वेयरबाट काम गर्दा समस्या नआउने दावि उनको थियो ।
यसरी राजश्व दाखिल गरे पनि राजश्वको विवरणमा उल्लेख नभएको केशका धेरै नै सेवाग्राही आएको उनको भनाई रहेको छ । सोही आर्थिक बर्षको भएमा नेपाल सरकारको राजश्व खातामा जम्मा भएको रकम पत्राचार गरी, सोही अनुसार फिर्ता गर्न सकिने तर अन्य आर्थिक बर्षको पुरानो भएमा यसमा केही पहल गर्न नसकिने यातायात कार्यालय (सवारी) ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?