© २०२३
काठमाडौं, १४ असोज ।
सरकार र प्रमुख प्रतिपक्षी दलहरुबीच आइतबार भएको छलफलले नेपालमा भइरहेको सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने सहमति भएको छ।
नेकपा एमालेका सचेत महेश बर्तौलाले बालुवाटारमा भएको बैठकमा तीन सदस्यीय उच्चस्तरीय आयो बनाउने निर्णय भएको जानकारी दिएका छन्।
उनका अनुसार उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरिँदैछ। त्यसका लागि सरकारले मन्त्रिपरिषद्को बैठक बसेर तीन सदस्यीय समिति गठन गर्ने निर्णय लिने छ। उक्त समिति गठन भएको जानकारी सरकारले आजै संसदलाई दिने भएको छ।