ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

गुल्मीमा सम्बन्ध बिच्छेद, भर्खरकादेखि ७२ वर्षीय वृद्धसम्म

काँचो उमेरमा युवा युवतीहरू बीच प्रेम सम्बन्ध हुनेर त्यही सम्बन्धका आधारमा हतारमै विहे गर्ने प्रचलनका कारण सम्बन्ध बिच्छेद गर्नेहरूमा २० देखि ३० वर्ष उमेर समूहको संख्या बढी रहेको छ ।
६ आश्विन २०८०, शनिबार
६ आश्विन २०८०, शनिबार

गुल्मी, ६ असोज । गुल्मीमा सम्बन्ध विच्छेदका मुद्दाहरूको संख्या दिनानुदिन बढ्दै गएको देखिएको छ । गुल्मी अदालतले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी तीन सय ८२ थान मुद्दा सम्बन्ध बिच्छेदका मात्र दर्ता भएका छन ।
आर्थिक वर्ष २०७९/८० मा अदालतमा दर्ता भएका तीन सय ८२ थान मुद्दाहरू मध्ये अहिलेसम्म तीन सय २८ थान मुद्दा फस्र्योट भैससकेका छन । जिल्ला न्यायाधीश बसन्तराज पौडेलले दिएको जानकारी अनुसार तीन सय ८२ थान मुद्दाहरू मध्ये ५४ थान मुद्दा अझै फस्र्योट हुन बाँकी रहेका छन । बाँकी रहेका मुद्दाहरू चाँडैनै फछ्र्योटको चरणमा रहेको न्यायाधीश पौडेलले बताए ।

गुल्मी जिल्लामा सम्बन्ध बिच्छेद मुद्दाहरू मध्ये तीन सय नौं थान महिलावादी र ७३ थान मुद्दा पुरुषवादी रहेका छन । आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्मको तथ्यांक अनुसार महिलावादी भएको तीन सय नौं थान मुद्दामा दुई सय ७२ थान मुद्दा फछ्र्यौट भई बाँकी ३७ थान मुद्दा चालु अबस्थामा रहेको बताईएको छ ।

सानै उमेरमा युवा युवतीहरू बीच प्रेम सम्बन्ध हुनेर त्यही सम्बन्धका आधारमा हतारमै विहे गर्ने प्रचलनका कारण सम्बन्ध बिच्छेद गर्नेहरूको संख्या बढेको पाइएको छ । सम्बन्ध विच्छेद गर्नेहरूमा २० देखि ३० वर्ष उमेर समूहको संख्या बढी रहेको छ । साथी सँगतमा लागेर हतारमा बिहे गर्ने र फुर्सदमा पछुताउने भएका कारण पनि सामान्य भनाभन र स साना झगडाका कारण पनि जिल्लामा सम्बन्ध बिच्छेद गर्ने प्रचलन बढेको महिला अधिकारकर्मी विष्णु सापकोटा बताउँछिन ।

गुल्मी अदालतमा ७२ वर्ष उमेरसम्मका वृद्धले समेत सम्बन्ध बिच्छेद गरेका छन । गत आर्थिक वर्षमा गुल्मीदरबार गाउँपालिका ४ का ७२ वर्षीय तिल बहादुर बिश्वकर्मा र ६९ वर्षीया बाटुली बिश्वकर्माले गुल्मी जिल्ला अदालतवाट सम्बन्ध बिच्छेद गरेका थिए । गुल्मी अदालतले २०८० असार मसान्तसम्म जिल्लामा ८१ प्रतिशत मुद्दा फस्र्योट गरिसकेको जनाएको छ । गत असार मसान्तसम्म सात सय १२ थान मुद्दा रहेकोमा पाँच सय ७६ थान मुद्दा फस्र्योट भैसकेको विवरणमा उल्लेख गरिएको छ । पछिल्लो समयमा गुल्मी जिल्ला अदालत मुद्दा फस्र्योट गर्ने काममा अब्बल बनेको छ । अदालतले दिएको बिबरण अनुसार गुल्मी अदालतले लक्ष्य भन्दा एक सय चार थान मुद्दा फस्र्योट गरेको जनाएको छ ।

त्यसैगरि करणी सम्बन्धि दर्ता भएका ३५ थान मुद्दामा २७ थान मुद्दा फस्र्योट भैसकेको र सात थान मुद्दा फस्र्योट हुन बाँकि रहेको अदालतले जनाएको छ । विशेष प्रकृतिका निवेदन अन्र्तगत मृत्युको न्यायिक घोषणाका ८२ थान मुद्दा दर्ता भएकोमा ६३ थान फस्र्योट भैसकेका छन । पछिल्लो समयमा गुल्मी अदालतमा दर्ता भएका अन्य मुद्दाहरूको तुलनामा सम्बन्ध बिच्छेदका मुद्दाको संख्या दिनानुदिन बढ्दै गएको पाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?