ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

ज्वाईको विश्वास र चेकको भर परेर घर जग्गा पास दिंदा बृद्ध दम्पत्तिको डुब्यो ६० लाख

नगद दिन्छु भनेर ढाँट्दै चेक बाउन्सको अवधि कटाए । प्रहरीमा उजुरी दिएपनि सुनुवाई भएन
३० भाद्र २०८०, शनिबार
३० भाद्र २०८०, शनिबार

बुटवल, ३० भदौ ।

घर खरीद गरी एक व्यक्तिले स्थानीय एक वृद्ध दम्पत्तीसँग ६० लाख रुपियाँ ठगी गरेका छन् ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ निबासी मनरुपा रेग्मीको १५ धुरमा बनेको घर कपिलवस्तु ४ नम्बरका कुम्भस गिरीले २०७८ मंसिर १५ मा खरीद गरेका थिए । तर खरीद गर्दा विभिन्न मितिको ६३ लाखको चेक दिएपछि सोही चेकको विश्वासका आधारमा घरधनी मनरुपाले १५ धुरमा बनेको घर कुम्भज गिरीका नाममा रजिष्ट्रेशन पास गरिदिएकी थिइन् ।

बुटवल–१२ तामनगर निवासी माया सुवेदीले जग्गा खरीद गर्ने गिरीलाई घरधनी मनरुपाका ज्वाईं राजेश लम्सालसँग सम्पर्क गराएकी थिइन् । घरधनी मनरुपाले आफ्नै ज्वाईको विश्वासको आधारमा घर पास गरिदिएकी थिइन् । ज्याई लम्सालले भने माया सुवेदीको विश्वासको आधारमा घर पास गर्नका लागि आफ्ना ससुरालीलाई सहमत गराएका थिए ।

“म विदेश बसेर आएको मान्छे, जग्गाको कारोबार अहिलेसम्म गरेको छैन, आफ्नै ससुरालीको घर बिक्रीका लागि स्थानीय माया सुवेदीले घर खरीद गर्ने मान्छे ल्याएपछि म पनि विश्वासमा परेर खरीद बिक्रीको काम भएको हो”–शनिबार आयोजित पत्रकार सम्मेलनमा लम्सालले भने ।

घर खरीद गर्ने क्रममा बयनो बापत १० लाख रुपियाँको चेक २०७८ मंसिर १५ गतेको मितिमा खरीदकर्ताले काटेका थिए । तर सो चेक पनि नसाटिएको र त्यसबापतको ४ लाख रुपियाँ नगद ल्याएर दिएको घरधनी मनरुपाले बताइन् ।

त्यस्तै २०७८ माघ १५ गतेको मितिमा २५ लाख रुपियाँको चेक काटिएको छ भने २०७८ चैत ३० गतेको मितिमा २८ लाख रुपियाँको चेक काटिएको छ । ती सबै जोड्दा चेकबापतको रकम ६३ लाख हुन आउँछ । त्यसबाहेक एक लाख रुपियाँ छुट्टै नगद दिएकाले ६४ लाख रुपियाँ घरधनीले पाउने गरी खरीद बिक्री भएको पाइएको छ । तर घर खरीद बिक्री गर्दा ७० लाखमा कागज भएको देखिएको छ । बाँकी ६ लाख रुपियाँ कारोबार गरिदिने माया सुवेदीले कमिशन खाने मनसाय राखेको देखिएको छ ।

मनरुपाका श्रीमान रत्नखर रेग्मीले पैसा प्राप्त नहुँदासम्म आफूले घर पास नगरिदिन आग्रह गरेको तर ज्वाईंले भनेपछि पास गरिदिएको बताए । दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका खेलेकी माया सुवेदीले घर खरीद गरेर पैसा नतीर्दा आफू समेत तनावमा परेको बताइन् । “मैले नै कारोबार गराएकी हुँ, तर खरीद गर्ने कुम्भज गिरीले पैसा दिन्छु भनेर बारमबार झुक्याइरहेका छन्, यसले मलाई समेत तनाव भैरहेको छ”–सुवेदीले भनिन् ।

घर बिक्री गरेका मनरुपा र रत्नखर रेग्मीले चेक बाउन्समा उजुरी हाल्ने तयारी गरे पनि खरीदकर्ता गिरीले नगद ल्याएर दिन्छु भन्दै झुलाएर ६ महिना कटाएको र अहिले काठमाडौंमा बस्दै आएको पीडितहरुले बताएका छन् । चेक काटेको मिति ६ महिना नाघेमा चेक बाउन्समा उजुरी नलाग्ने ब्यवस्था छ । पीडितले आफूहरुमाथि ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएका छन् । तर प्रहरीले यसबारेमा कुनै कारवाही अघि बढाएको पाइएको छैन ।

अहिले उक्त घर सिर्जना श्रेष्ठको नाममा पास गरेको पाइएको छ । मध्यस्थकर्ताको भूमिका खेलेकी माया सुवेदीले उक्त घर दृष्टिबन्धक राखी बैंकबाट क्रृण निकाल्नको लागि सिर्जनाको नाममा नामसारी गरेको पाइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?