ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

तीजको सांस्कृतिक महत्व एकादेशको कथा नबनोस्

२८ भाद्र २०८०, बिहीबार
२८ भाद्र २०८०, बिहीबार

नेपाली हिन्दू महिलाहरूको महान चाड तीज सबैको घरघरमा आईपुग्यो । घर घरमा सानो तीजको दर (कृष्ण जन्माष्टमी अघिल्लो दिन) र ठूलो तीजको अघिल्लो दिनको दर खानु स्वभाविक हो । तीज आजकल तीज आउनुभन्दा एक महिना पन्ध्र दिन अगाडिबाटै होटल होटल र पार्टी प्यालेसमा पुग्यो । घरमा आफ्ना दिदी बैनी, फूपुचेली, भान्जा भान्जी बोलाएर ख्वाउनु, नाच्नु गाउनु स्वभाविकै हो । कृष्ण जन्माष्टमीदेखि ऋृषिपञ्चमीसम्मको समयलाई तीजकै रूपमा लिईन्छ । त्यसो त तीजका गीतहरू हिजोआज अलि पहिलेदेखि बज्न थाल्छन् रेडियो टिभीमा । कलाकारहरूले कमालै गरिदिएका हुन्छन् । पहिला पहिला जस्तो घाँस दाउरा, मेलापात जाँदा वा खेतबारीमा काम गर्दा गीत जुराउने गाउने र तीजको दिन तिनै गीत डाँडा चौतारीमा बसेर सबैले गाउने नाच्ने गर्ने चलन हराइसक्यो । कलाकारले गाएका गीत र नाच सबैका घरघरै तीज आउनु भन्दा एक महिना पहिलादेखि बजेको र नाचेको हेर्न सुन्न पाईन्छ । त्यसका साथै तीजको अघिल्लो दिन दर खाने र चेलीबेटी बोलाएर ख्वाउने दर आजकल लामो समयसम्म चल्न थालेको छ ।

तीज पर्वको नाममा एक महिनादेखि संघ संस्था र समूहहरूको आयोजनामा दर ख्वाउने र खाने चलन बढेर गएको छ । यसलाई संस्कृति मानौ वा बिकृति के मानौ ? यस्तो चलनलाई संस्कृति भन्न मनले मान्दैन । बिकृति भनौ असामाजिक भईने डर लाग्छ । सामान्यतया सानो तीज कृष्ण अष्टमीको अघिल्लो दिन सानो तीजदेखि ठूलो तीजको दर खाने दिन र पञ्चमीसम्मको समय तीज हो । त्यो समयमा तीज मान्नेहरू आ– आफ्ना घरघरमा छोरी चेली बोलाई दर ख्वाउने खाने हाम्रो परम्परागत चलन छ । तर अहिलेको तीज एक महिना अघिदेखि होटल र पार्टी प्यालेसमा खाने ख्वाउने चलन बढेर गएको छ । त्यस्तो दरलाई तीजको दर भन्ने वा अरू कुनै नाम दिने ? यस्तो खालको दर धेरैलाई धान्न सकस भएको छ । जतिसुकै महँगीले नेटो काटे पनि दर होटल र पार्टी प्यालेस पुगेको छ । भई नभई गहना र साडी प्रदर्शन गर्न पार्टी प्यालेस पुग्नैपर्ने र फोटो सेसन गरेर फेसबुकमा राख्नैपर्ने बनाएको छ । देखिन्छ पनि त्यस्तै ।

एकातिर चेलीबेटी तथा महिला दिदी बहिनीहरू तीजको रमझममा ब्यस्त छन । उता चेलीबेटीहरू पीडामा पनि छन । महिला दिदी बहिनीहरूमाथि हिंसाका घटनामा बृद्धि भैरहेको छ । झैझगडा तथा हिंसाले घर बिग्रन्छ, समाज र देश नै बिग्रन्छ, यो ध्रुवसत्य हो । कसैले कसैलाई पीडा दिने काम गर्नुहुँदैन र सबैले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ । सबैले सबैको मानव अधिकारको रक्षा गर्नुपर्दछ । अझ महिला भनेको हाम्रो घरको हजुरआमा, आमा, दिदी, बहिनी, भाउजूमात्र होइन, घरको गहना हुन्, शिक्षक हुन्, गुरु हुन् । देवी सरस्वती लक्ष्मी सबै हुन् । श्रीमती भन्दैमा पैतालाको धूलो सम्झनु नै पहिलो अपराध हो । श्रीमती पनि महिला हुन् । मेरो घर बनाउन यिनको महत्वपूर्ण हात छ । यिनकै सहयोगले मैले जिन्दगीमा धेरै काम गर्नुपर्दछ, त्यसैले मैले सम्मान गर्नुपर्दछ भन्ने उज्यालो भावना मनमा पालेर बस्नुपर्दछ । घरकी महिला खुशी हुँदा घर नै उज्यालो हुन्छ र जीवन सुखी हुन्छ भन्ने सोच र विचार हामीमा नहुँदा अनावश्यक हिंसाले ठाउँ पाएको स्पष्ट हुन्छ ।

संघीय, प्रदेश र स्थानीय निकायले गाउँ–गाउँ, कुनाकाप्चासम्म चेतना फैलाउने काम गर्नु आवश्यक छ । खासगरी दैनिक ज्याला मजदुरी गर्ने गरिब परिवारभित्र यस्तो हिंसाले अनेकौं परिवारको बिचल्ली भएको छ । सबैभन्दा पहिले स्थानीय जनप्रतिनिधिहरूलाई कानुनका बारेमा प्रशिक्षण दिएर उनीहरूमार्फत चेतना फैलाउने काम गराउनुपर्दछ । अनिमात्र महिलाहरूले तीज मनाएको पनि अनुभूति गर्न पाउँछन् । भोका नाङ्गा खान नपाएकाहरूको पेट भरियोस, नाङ्गो शरीर ढाकियोस, सबैका छोराछोरीले पढ्न पाउन, बिरामी हुँदा उपचार औषधी पाउन, सबैले आफ्नै देशभित्र कामगर्ने वातावरण बनोस् भन्ने चाहना सबै मानिसको मनमा हुन्छ । कोहीलाई के को पीर, घर ज्वाइलाई खानकै पीर भन्ने उखान जस्तै पेटभरी खान नपाउनेलाई खानैको पीर त हुन्छ नै ।

त्यही जनचाहना पूरा गर्न देशमा धेरै पटक आन्दोलन भएका हुन् । आन्दोलनले सत्ता परिवर्तन त ग¥यो । नयाँ शासक पनि जन्मिए । शासन गर्ने शासक दूरदर्शी इमान्दार भईदिएको भए यति सानो मुलुकमा त्यति कुरा नजुट्ने पनि होईन । तर हाम्रो देश त बेईमान, घुसखोर दुईनम्बरी, जालझेली हिंसक नेता र शासकहरूको फन्दामा पो फस्दैगयो । घुसखोर, बेईमान, जालीझेली गर्नेहरूको अखडा पो बनेको रहेछ । पहिला राजाको आडमा उनका भाई भारदारले देशका सम्पदा लुट्नसम्म लुटे बेचे । कसैको स्वार्थ पूरा गर्न दरबार हत्याकाण्ड गराए । बहुदल आएपछि बहुदले नेताको आडमा उनका समर्थक, कार्यकर्ता छोरा नातिले लुट्ने काम गरे । त्यही सिलसिला एमाले, माओबादी नेताका आडमा उनका छोराहरूले गर्ने गरेका रहेछन् । अहिलेका नेताको पालोमा आउँदासम्म त नेपाली नै नेपालमा अल्पमतमा परिएला भन्ने डर लाग्न पो थालेको छ त । के हुने होला देश ? देशको अवस्था यस्तो भैरहेको बेला तीज मनाउन पनि जाँगर नचल्ने अवस्था भैसकेको छ । अर्कोतर्फ तीजको बेलामा पहिला पहिला गाईने दुःख सुखका गीत, पतिको घर र माइतमा भोग्नुपरेका समस्या, अपहेलनाका गीत नयाँ पुस्ताले त्यति गाउँदैनन् ।

छोरी चेलीबेटीले भोग्ने समस्या अहिले पनि उस्तै छन् । समस्याको प्रकृति केही भिन्न होला । खाने लाउने समस्या गुँड भएपनि शिक्षा स्वास्थ्यदेखि अपहेलना बोक्सी र पतिपत्नी बीचका दुब्र्यवहार र हिंसाका समस्या निकै छन् । ती समस्याका गीत र छोरी चेलीप्रति गरिने असमान ब्यवहारका गीत भन्दा महिलाहरूमा राजनैतिक चेतनाको विकासले पनि होला आजकल देशको राजनीतिक परिस्थिति, नेताहरूका आनीबानीप्रति ब्यङ्ग गरिएका गीत गाउन र सुनाउन थालिएको छ । गीत जुराएर दिदी बैनी जम्मा भएर सामूहिक रूपमा मादल र थपडीको तालमा गाउने नाच्ने काममा कमी र शिथिलता आएको छ । त्यसको ठाउँ क्यासेटमा बज्ने गीत र टिभीमा प्रसारण हुने नाचले लिएको छ । आजकल तीज एउटै जात र थरमा पनि सिमित छैन । सबैको साझा पर्व बनेको छ । यसलाई तीजको असल पक्षको रूपमा लिनुपर्छ । तर, अर्को तिर तीज हुने खानेको चाड जस्तो भएको छ । हुने खानेलाई जसरी, जहाँ, जति दिन दरखान हिडे पनि केही फरक नपर्ला तर हुँदा खानेलाई यस्तो खालको तीजले पक्कै सकस बनाउँछ । वास्तविक दर र दरको महत्व एकदिन दुईदिन मात्र हुन्छ । त्यसपछिको दर त खासमा दर नभएर भोज भने हुन्छ, तीजको भोज । पछिका पुस्तालाई तीज र दरको महत्व बुझाउन र संस्कृतिलाई निरन्तरता दिन पनि वास्तविक तीजको दर जान्नुपर्ने हुन्छ ।

तीजको वास्तविक मौलिकता बुझाउनुपर्ने हुन्छ । अहिले मनाउने गरेको तीजको अव आस्थालाई बढावा दिँदै जाने हो भने वास्तविक तीजको महत्व र तीज के कसरी मनाउथे भन्ने कुरा इतिहासका पानामा खोज्नुपर्ने हुन्छ । तीजलाई गाह्रो साह्रो नबनाई सरल र संस्कृतिको रूपमा मनाउदै जानु आवश्यक छ । तीजको वास्तविक सांस्कृतिक महत्व बढाउने काम गरौं । अहिले मनाउने गरिएको तीज संस्कृतिले तीजको सांस्कृतिक महत्व एकादेशको कथा बन्न सक्छ । यो कुरा सबै चेलीबेटीले बुझ्नु र बुझाउनु जरुरी छ । सबैमा तीजको मंगलमय शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?