© २०२३
बुटवल, २४ भदौ । लुम्बिनी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयमा कार्यररत कर्मचारी मध्ये अधिकृत दयाराम बस्याल सर्वोत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका छन् । यस्तै कार्यालय सहयोगी शारदा आचार्य उत्कृष्ट कर्मचारी घोषित भएकी छन् ।
ब्यबसायिक र सिर्जनसिल प्रशासन, बिकास समृद्धि र शुशासन भन्ने नाराका साथ् मनाइएको २० औं निजामति दिवसको अससरमा उनीहरु पुरस्कृत भएका हुन् । निर्देशनालयमा ३८ जनाको दरबन्दी रहेको छ ।
आर्थिक वर्ष २०७९।८० को कार्य सम्पादन र पदीय आचरणको मूल्याङकनका आधारमा अधिकृत बस्याल सर्वोत्कृष्ट र कार्यालय सहयोगी आचार्य उत्कृष्ट भएका हुन् । उनीहरुलाई निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेयले प्रमाणपत्र प्रदान गरेका थिए । पुरस्कृत भएपछि अधिकृत बस्यालले यो पुरस्कार र सम्मानले आफूलाई थप जिम्मेवारीबोध गराएको बताए ।