ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

नेपालको सद्भाव र सहिष्णुतामाथि आक्रमण भइरहेको छ : गृहमन्त्री

२३ भाद्र २०८०, शनिबार
२३ भाद्र २०८०, शनिबार

काठमाडौं, २३ भदौ ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन्।

शनिवार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताए।

आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने बताउँदै उनले प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने पनि बताए। ‘यो बहुजातिय बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो। यसको विशेषता भनेको विविधता बीचको एकता हो। यसको आफ्नै मौलिक पहिचान छ। धार्मिक र सांस्कृतिक जातिय सद्भाव र सहिष्णुता यसको मौलिक विशेषता हो,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यो समाज सही सहिष्णुता सहित अघि बढीरहेको छ।  यसको मौलिक विशेषता हो। हामीले एकातिर जातिय, मौलिक भाषिक, धार्मिक, लैङ्गिक उत्पीडनलाई अन्त्य गरेर पहिचान, अधिकार र विकासको पक्षमा संघर्ष ग¥यौँ। त्यसको सन्दर्भमा धेरै उपलब्धी पनि हासिल गरेका छौँ। अझै हामीले त्यसलाई बेलामा सुनिश्चित गर्नु त छँदैछ। तर आज नेपालको यो विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा कहीँ कतैबाट धावा बोल्ने षड्यन्त्र त भइरहेको छैन? हामी सबै सचेत हुनुपर्ने आवश्यकता छ।’

उनले आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरू पनि देखिरहेको दाबी गरे।

‘आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरु पनि देखिरहेको छ। हामी सबै आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्छ। प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्छ। त्यसको निम्ति संगठित हुनुपर्छ,’ उनको भनाइ थियो, ‘त्यस्तै अरुको अधिकार, पहिचान र विकासको निम्ति पनि सहयोगी हुनुपर्छ। हाम्रो विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न पाओस्। परास्त गर्न सफल हुनुपर्छ।’

गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको पनि उल्लेख गरे। उनले सरकारले भ्रष्टाचारबिरोधी र दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको बताउँदै नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

‘समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको छ। यही आधारमा हामीले काम गरिरहेका छाैं। तपाईहरूले देख्नुभएको छ, सरकारले भ्रष्टाचारबिरोधी ठूलाठूला अभियान, दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको छ,’ श्रेष्ठले भने, ‘आम जनसमुदायबाट व्यापक समर्थन प्राप्त भएको छ। यसलाई बिराम नलिइकन अघि बढाउनेछौँ। यो वास्तवमा नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास गर्नुछ, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने छ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आफन्तको, बालबच्चाको साथमा र आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु अहिलेको आवश्यकता भएको बताए।

‘नेपाली जनताको दैनिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुछ। आज ३० लाख भन्दा बढी संख्यामा रहेका खाडी मुलुकमा मलेसियामा रहेका श्रमीक नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आमाबुबाको काखमा, बालबच्चाको साथमा आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु छ,’ श्रेष्ठले भने, ‘त्यसैले आजको हाम्रो मुल कार्यभार समृद्धिको कार्यभार हो। समृद्धिको कार्यभार पूरा गर्न सरकारले कमीसन खोर र भ्रष्टाचारको जुन जालोले देशलाई जर्जर बनाएको छ, सुशासन स्थापित नगरी समृद्धिलाई तिब्रता प्रदान गर्न सकिँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?