Butwal Today

कांग्रेस नेता यादवमाथिको आक्रमण र कान्ति अस्पतालको घटनाबारे जानकारी गराउन सभामुखको रुलिङ

२१ भाद्र २०८०, बिहीबार
अ+
अ-

काठमाडौँ, २१ भदौ ।

सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा भएको एक पाँच वर्षिया बालिकाको मृत्युबारे यथार्थ जनाकारी संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले दुवै घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुखले दुवै घटनाबारे सरकारलाई संसदमा जानकारी दिन रुलिङ गरेका हुन् ।