ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

लुम्बिनी प्रदेश सभामा निजामति कर्मचारी विधेयकको प्रतिवेदन पेश

२१ भाद्र २०८०, बिहीबार
२१ भाद्र २०८०, बिहीबार

बुटवल,२१ भदौ ।   लुम्बिनी प्रदेश सभाको आज बसेको २४ औं बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको प्रतिवेदन पेश भएको छ । प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गरेका हुन् । यसअघि बिधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर साय सुझाव समेत संकलन गरेको थियो । सुझावको आधारमा प्रतिवेदन तयार पारिएको थियो ।

सभामा प्रतिवेदन पेस भएको २४ घण्टापछी बस्ने अर्को बैठकले विधेयक पास गर्न सक्ने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए। विधेयक पास गर्नकोलागी अर्को बैठक कुर्नुपर्ने देखिएको छ ।

यस्तै बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरुको नाम हेरफेर सम्बन्धि जानकारी दिइएको छ भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुखले जानकारी गराए ।

शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न महत्वका विषय उठान गरेका छन् । प्रतिपक्षी दलका सांसदहरुले जनजीविकासंग प्रत्यक्ष जोडिएका विषयलाई प्रदेश सरकारले प्राथमिकता नदिएको आरोप लगाएका छन् ।

महँगी, कालाबजारी, अभाव, आर्थिक मन्दी, व्यवसायिमा बढिरहेको निराशा र वितृष्णालगायत प्रदेशमा रहेको गौरवका विभिन्न आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा सरकारले उदासिनता देखाएको गुनासो गरेका छन् ।
शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका तर्फबाट प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेशको दीर्घकालीन विकासका लागि अघिल्लो सरकारले अगाडि बढाएका विकास निर्माणका महत्वपूर्ण काममा अहिलेको सरकारले चासो नदिएको गुनासो गरे ।

सदनको शून्य समयमा सांसदहरु भूवनेश्वरप्रसाद चौधरी, एमाले सांसद चिन्तामणी पाण्डे, कांग्रेस सांसद विष्णुप्रेम पाठक, एमाले सांसद रामजी घिमिरे, लोसपाका सांसद कन्हैया बानियाँ, नेकपा एसकी भगवती अधिकारी, सांसद बाचा कुर्मी, एमाले सांसद गिरीधारीलाल न्यौपाने, सांसद धनुलक्ष्मी श्रेष्ठलगायतका सांसदहरुले विभिन्न महत्वपूर्ण विषयमा बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?