© २०२३
बुटवल,१९ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वको लागि भएको चुनावको २ सय मत गणना हुंदा हरिप्रसाद रिजालले २० मतले अग्रता लिएका छन् । दुई सय मतमा राधाकृष्ण कंडेलले ८९ र रिजालले १०९ मत पाएका छन् ।
मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्ष पदमा कडा प्रतिस्पर्धा देखिएको छ । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको छ । यसबाहेक भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको छ ।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पुजन विश्वकर्मा प्रतिष्पर्धामा छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जना प्रतिष्पर्धामा छन् ।
रुकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद थारू चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसी उपसचिवमा चुनाव लडेका छन् ।
यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे, गुणनिधि भुसाल र विष्णुराज बीसी गरी ३ जनाबीच प्रतिष्पर्धा छ ।