Butwal Today

एमाले प्रदेश कमिटी सचिवमा निर्विरोध आचार्यले भने : म रिजाल पक्षको हैन भ्रममा नपर्नु

१८ भाद्र २०८०, सोमबार
अ+
अ-

बुटवल,१८ भदौ । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा निर्वारोध निर्वाचित दाङका लक्ष्मण आचार्यले आफूलाई हरि रिजाल पक्षको भनेर प्रचार गरिएको भन्दै त्यो गलत भएको बताए ।
रिजाल यसअघि पनि प्रदेश कमिटी सचिव थिए ।

सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले बताए ।
आर्चायले प्यानलगत नभई व्यक्तिगत हिसाबले उम्मेदवारी दिएका थिए । आफू निर्विरोध निर्वाचित भएपछि आचार्यले आफूलाई केही सञ्चारमाध्यमले नियोजितरुपमा अमुक पक्षको भनेर प्रचार गरेको तर आफू रिजाल पक्षको नभएको बताए । ‘केही मिडियाले मलाई हरि रिजालको भनेर लेखेछन् त्यो हुंदै होइन’–न्युज बुटवलटुडेसंग रिजालले भने ।
५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३ सय ६४ जनाको उम्मेदवारी परेको थियो ।