© २०२३
बुटवल,१५ भदौ । नेपालले आइसिसी महिला टी– २० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज शुक्रबार बहराइनसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान सवा ११ मा सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ ।
उता पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन लगातार दोस्रो जितको खोजिमा छ ।
तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ ।
नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।
प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाएनल खेल रहेको छ ।
प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी– २० क्वालिफायर खेल्न पाउनेछन् ।
को को छन् नेपालको टोलीमा ?
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।