ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

एसिया कपमा नेपाल पाकिस्तानसँग १ सय ४ रनमै अलआउट

१३ भाद्र २०८०, बुधबार
१३ भाद्र २०८०, बुधबार

 काठमाडौँ, १३ भदौ ।

एसिया कपमा डेब्यु गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तानसँग १०४ रनमा नै अलआउट भएको छ।

पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो। नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ।

ओडिआइ वरियताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग खेलेको नेपालले इतिहासकै विशाल लक्ष्य पाएको हो। खराब फिल्डिङ गरेको नेपाली टोलीका ब्याटरहरु पनि लामो समय क्रिजमा टिक्न सकेनन्।

सोमपाल कामीले बनाएको २८ रन नै नेपालका लागि सर्वाधिक रह्यो। आरिफ शेख २६ र गुलसन झा १३ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपाली टोलीका कप्तान रोहित पौडेल गोल्डेन डकआउट भए। सन्दीप लामिछाने डक आउट भए। पाकिस्तानविरुद्ध गुलसन झा र कुशल मल्लले समान एक छक्का प्रहार गरे।

नेपाली टोली दोस्रो ओभरमा नै ३–१४ को अवस्थामा थियो। चौथो विकेटका लागि आरिफ र सोमपाल कामीले ५९ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हाल्ने प्रयास गरेका थिए।

आरिफ २६ रन बनाउँदा हरिश राउफको बलमा बोल्ड आउट भए।

दोस्रो ओभरमा नै तिन विकेट गुमाएर दबाबमा आएको नेपाल सम्हालिने प्रयासमा छ।

पहिलो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले अन्तिम बलमा कप्तान रोहित पौडेललाई गुमाएको थियो।

ओभरको सुरुवाती दुई बलमा लगातार चौका प्रहार गरेका भुर्तेल ओभरको पाँचौं बलमा शहिन शा अप्रिदीको बलमा विकेट किपर मोहम्मद रिजवानको हातबाट क्याच आउट भए।

कप्तान रोहित अफ्रिदी कै बलमा गोल्डेन डक आउट भए। दोस्रो ओभरको चौथो बलमा ओपनर आशिफ शेख ५ रन बनाउँदा नसिम शाहको बलमा इफिखार अहमदको हातबाट क्याच आउट भए।

नेपाललाई कम स्कोरमा रोक्न सदाव खान एक्लैले चार विकेट झारे। शहिन शा अफरिदी, हरिस राउफले समान २ विकेट लिए। नसिम शाह र मोहम्मद नवाजले समान एक विकेट लिए।

त्यसअघि मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रनको योगफल तयार पारेको थियो।

पाँचौं विकेटका लागि कप्तान बाबर र अहमदले १ सय ३१ बलमा २ सय १४ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालसामु विशाल योगफल तयार पारेको हो। बाबर र अहमदको साझेदारी तोड्न नसक्नु नेपालका लागि हारको मुख्य कारण बन्यो।

बाबरले १३१ बलमा १४ चौका र ४ छक्का हान्दै १ सय ५१ रन बनाउँदा सोमपाल कामीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। बाबरले नेपालविरुद्ध आडिआइ करियरको १९ औं शतक पूरा गरे।

नेपालविरुद्ध इफ्तिखार अहमदले १०९ रनमा नटआउट रहे। अहमदले ७१ बलमा ११ चौका र ४ छक्का हाने। अहमदले आफ्नो ओडिआइ करियरको पहिलो शतक पूरा गरेका हुन्। अहमदले ६७ बलमा १० चौका र ४ चौका मद्धतमा शतक पूरा गरेका थिए।

तेस्रो विकेटका लागि बाबर आजम र मोहम्मद रिजवानले ८६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङस् उकासेका थिए। रिजवान २४ औं ओभरको चौथो बलमा सन्दीप लामिछानको बलमा दिपेन्द्र सिंह ऐरिको हातबाट ४४ रनमा रन आउट भए। सोमपाल कै बलमा सघाव खान ४ रनमा बोल्ड आउट भए।

पाकिस्तानविरुद्ध सोमपाल कामीले दुई विकेट झारे। करण केसी र सन्दीप लामिछानले समान एक विकेट लिए।

सन्दीपले २८ औं ओभरको पाँचौं बलमा पाकिस्तानका अघा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए।

करणले छैटौँ ओभरको तेस्रो बलमा ओपनर ओपनर फखर जमानलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए।

सोमपालले सातौ ओभरको पहिलो बलमा इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गराउँदै नेपाललाई लगातार दोस्रो सफलता दिलाएका थिए।

मध्यम सुरुआत गरेको नेपालले बाबर र अहमदको साझेदारी तोड्न नसक्दा विशाल योगफल पाएको हो।

ओडिआइ वरियताको शीर्ष टोली पाकिस्तान सामु कमजोर फिल्डिङ गरेको नेपालले मध्यम सुरुआत गरेपनि साझेदारी तोड्न नसक्दा दबाबमा आएको थियो।

नेपालका ललित राजवंशीले आफ्नो स्पेलमा ४८ रन दिए। सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर एक विकेट लिए। सोमपाल कामीले १० ओभरमा १ मेडन राख्दै ८५ रन दिदा २ विकेट लिए।

गुलसन झाले ४ ओभरमा ३५ र कुशल भुर्तेलले १ ओभरमा १० रन खर्चिन पुगे। दिपेन्द्र सिंह ऐरिले ६ ओभरमा ४० रन दिदा करण केसीले ९ ओभरमा ५४ रन दिएर १ विकेट आफ्नो नाममा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?