© २०२३
बुटवल, १३ भदौ । एसिया कपमा नेपाली टिमले २३.४ ओभरमा तेस्रो बिकेट लिन सफल भएको छ । रिजवान ब्यक्तिगत ४४ रन बनाएर आउट भए । दिपेन्द्रसिह ऐरीले उनलाई रन आउट गरे । दुई बिकेट झरेपछि डगमगाएको पाकिस्तानी टिमलाई सम्हालेको क्याप्टेन बाबर र मोहमद रिजवानको जोडीलाई ऐरीले तोडे ।
नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदान उत्रेको छ । पाकिस्तानी टोलीको कप्तानी भने बाबर आजम गरेका छन । पाकिस्तान आईसीसी एकदिवसीय वरियतामा शीर्ष स्थानमा छ । त्यस्तै भारत तेस्रो स्थानमा छ भने नेपाल वरियतामा १५ औँ स्थानमा छ । ६ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । भदौ ३१ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतबीचको खेल भदौ १८ गते श्रीलंकाको काण्डीमा हुनेछ ।