© २०२३
काठमाडौँ, १३ भदौ ।
पाकिस्तानका कप्तान बाबर आजम र मोहम्मद रिजवानको साझेदारी नेपाललाई घातक बन्ने संकेत देखिएको छ।
तेस्रो विकेटका लागि बाबर र रिजवानले ५९ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङस् उकासिरहेका छन्।
१९ ओभरको समाप्तीमा पाकिस्तानले २ विकेटको क्षतिमा ८४ रन बनाएर खेलिरहेको छ।
४४ बलको सामना गरेका बाबर ३२ र ३६ बल खेलेका रिजवान २७ रनमा नटआउट छन्।
ओपनर फखर जमान १४ र इमाम–उल–हक ५ रनमा पवेलियन फर्के। सोमपालले सातौ ओभरको पहिलो बलमा इमाम उल हकलाई कप्तान रोहित पौडेलको हातबाट रन आउट गराए।
त्यसअघि अलराउण्डर करण केसीले छैटौँ ओभरको तेस्रो बलमा ओपनर ओपनर फखर जमानलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाएका थिए। ६ बलर प्रयोग गरिसकेको नेपाली टोलीले सातौं ओभरपछि विकेट लिन सकेको छैन।