Butwal Today

एशिया कप हेर्न जनकपुरमा विद्यालयमा विदा

१३ भाद्र २०८०, बुधबार
अ+
अ-

बुटवल,१३ भदौ । नेपाल र पाकिस्तानबीच आज पाकिस्तानमा हुन लागेको एसिया कप विद्यार्थीलाई हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक विदाको दिएको छ ।

आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले आज दिउँसो १ बजे आकस्मिक विदा दिएको बताए ।