Butwal Today

भारतीय क्रिकेटर केएल राहुलले नेपालसँगको खेल गुमाउने

१२ भाद्र २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ, १२ भदौ  ।

भारतीय क्रिकेटर केएल राहुलले आगामी सोमबार हुने नेपालसँगको खेल गुमाउने भएका छन्।

भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडका अनुसार राहुलले एसिया कपको सुरुआत दुई खेल गुमाउने भएका छन्।

केएलले शनिबार पाकिस्तानसँगको बहुप्रतिक्षित खेल समेत गुमाउने भएका छन्।

द्रविडका अनुसार केएल सुपर फोरको खेलका लागि मात्र टोलीमा उपलब्ध हुनेछन्।

एसिया कपको पहिलो खेलमा बुधबार नेपालले पाकिस्तानसँग खेल्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?