Butwal Today

सन्दीपविरुद्ध मुद्दाको पेसी आज

१० भाद्र २०८०, आइतबार
अ+
अ-

काठमाडौं, १० भदौ ।

जिल्ला अदालतमा दर्ता क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा सुनुवाइ गर्न आज (आइतबार) का लागि पेसी तोकिएको छ।

सन्दीपविरुद्धको मुद्दा पेसी सूचीमा आठौं नम्बरमा छ। आज सुनुवाइ हुने सम्भावना कम छ भने भइहाले पनि आजै बहस सकिने सम्भावना देखिन्न।

सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएको बताएका छन्।