© २०२३
बुटवल, १० भदौ । लियो क्लब अफ बुटवल मेट्रोसिटीले आयोजना गरेको ‘इन्टर लियो टग अफ वार कम्पिटिसन’ कार्यक्रम सम्पन्न भएको छ । लियो क्लबका सदस्यहरु बिच खेलमार्फत भाईचारा विकास गर्ने उद्येश्यका साथ गरिएको कार्यक्रमको उपाधि आयोजक लियो क्लब अफ बुटवल मेट्रोसिटीले चुमेको छ । बिजेता टिमले उपाधिसंगै नगद ७ हजार ५ सय ५१ रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उपबिजेता लियो क्लब अफ अल्फा न्यु होराइजनले नगद रु. ४ हजार ५ सय ५१ रुपैया, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । बुटवल ११ देबिनगरस्थित लुम्बिनी बाणिज्य क्याम्पस प्राङ्गणमा भएको प्रतियोगितामा लियो डिस्ट्रिक अन्तर्गतका विभिन्न १० क्लबका टिमले भाग लिएको क्लबका सचिब जिडि सिखरले बताए ।
कार्यक्रमको एक समारोहका बिच लियो क्लब अफ बुटवल मेट्रोसिटीका बर्ष २०२३/२४ का अध्यक्ष सन्जिब सुनार, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र खनाल क्षेत्री, लियो डिष्ट्रिक ३२५ पि नेपाल जिल्ला उपाध्यक्ष लियो श्रद्धा कुंवर, लियो एड्भाइजर उमानाथ अधिकारी (उमेश), लायन्स क्लब अफ बुटवल मेट्रोसिटीका अध्यक्ष ई. गोबिन्द प्रसाद लामिछानेले उद्घाटन गर्दै खेलको महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि नकुल शाही ठकुरी, लियो जिल्ला सचिव लियो श्रीधर बश्याल, लियो क्लब अफ बुटवल मेट्रोसिटिका संस्थापक अध्यक्ष मनोज गौतम, निबर्तमान अध्यक्ष मित्रजन भण्डारी, क्लवबका उपाध्यक्ष पुनम कुंवर क्षेत्री, कार्यक्रम संयोजक अमित गुप्ता, लियो डिष्ट्रिकका पदाधिकारीहरुले सामाजिक संघसंस्थाहरु युवा नेतृत्व विकास र समुदायमा रहेर काम गर्नुपर्ने बताए ।