ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

रोटरी बैठकमा शक्ति गौचन : पूर्वाधार अभाव नै क्रिकेट विकासको चुनौती

९ भाद्र २०८०, शनिबार
९ भाद्र २०८०, शनिबार

बुटवल, ९ भदौ ।

राष्ट्रिय क्रिकेटर शक्ति गौचन शनिबार रोटरी क्लव अफ बुटवलको बैठकमा गेष्ट स्पीकरका रुपमा सहभागी भए । रोटरी क्लवको १४ सय ७७ औं नियमित बैठकमा सहभागी गौचनले नेपाली क्रिकेटेको बिगतदेखि वर्तमान सम्मको अवस्था, क्रिकेटको भविष्य, क्रिकेट खेलाडीहरुको संभावनाका विषयमा केन्द्रित रहेर आफ्ना धारणा राखे ।

उनले माथिल्लो स्तरका या टेस्ट मान्यता प्राप्त राष्ट्रसँग प्रतियोगिता गर्न नेपालमा सुरक्षित मैदान समेत नभएको भन्दै यसका लागि राज्यले ठोस भूमिका निर्वाह गर्नुपर्ने बताए । “पछिल्लो समय नेपाली क्रिकेट आफ्नो लयमा फर्किएको छ, नेपाली क्रिकेटले आगामी दिनमा पनि यही लय समात्यो भने निश्चित रूपमा हामी थप एक स्तर माथि पुग्न सक्छौँ”–उनले भने ।

खेलाडीका लागि नियमित अभ्यास गर्न केही मैदान अभ्यासका लागि पिचहरू भएपनि प्रयाप्त पूर्वाधार नहुँदा क्रिकेटको विकासमा चुनौती थपिएको गौचनको भनाई छ । “हामीसँग माथिल्लो स्तरका या टेस्ट मान्यता प्राप्त राष्ट्रसँग प्रतियोगिता गर्न सुरक्षित मैदान छैन”–उनले भने ।

नेपालले टेष्ट मान्यताका लागि खेलाडीहरुले कठिन संघर्ष गरिरहेको भन्दै उनले टेस्ट खेल्ने हो भने कम्तीमा पनि अन्तर्राष्ट्रियस्तरका गतिला दुई रंगशाला चाहिने बताए ।

राष्ट्रको खेलकुद विकासका लागि खेलाडीको वृत्ति विकास पनि महत्वपूर्ण हुने भन्दै उनले अहिले खेलाडीहरुले पाइरहेको सेवा सुविधा प्रयाप्त नभएको बताए । “बिगतमा भन्दा धेरै सुधार त भएको छ, खेलाडीहरुको वृत्ति विकासको लागि प्रयाप्त भने छैन”–उनले भने । गौचनले आफ्ना समकालीन पारस खड्का क्यानको नेतृत्वमा जाने तयारीमा रहेको भन्दै उनबाट क्रिकेट विकासले फड्को मार्ने विश्वास व्यक्त गरे ।

उनले आफू रुपन्देहीबासी भएकाले नयाँ खेलाडी जन्माउन प्रयासरत रहेको बताए । आफूले समयमै क्रिकेटबाट सन्यास नलिएको भए अहिले कुशल मल्ल जस्ता खेलाडी राष्ट्रिय टिममा नहुन सक्ने भन्दै उनले क्रिकेटप्रतिको नयाँ पुस्ताको आकर्षणलाई बचाएर लैजानु पनि त्यत्तिकै आवश्यक रहेको बताए ।

बैठकमा क्लवका अध्यक्ष करुण खनालले राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई क्लवको बैठकमा बोलाएर क्रिकेटप्रतिको ज्ञान, अनुभव र भावी संभावनाका कुरा गर्ने अवसर पाउँदा गौरव लागेको बताए । त्यस अवसरमा रोटरीयनहरु मणिरत्न पाण्डे, शिवकुमार ज्ञवाली, अजयमान श्रेष्ठ, तारानाथ भट्टराई, बोनिन पियाल, खिमनारायण पराजुलीगायतले क्रिकेटर गौचनसँग विभिन्न जिज्ञासा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?