© २०२३
बुटवल भदौ ८ ।
रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन विवादमा तानिएको छ।
क्षेत्र घ अन्तरगत रुपन्देहीको सिद्धार्थ लेडी जेसिज र धनगढी लेडी जेसिसमा उत्पन्न विवाद समाधान नगरी आयोजकले एकपक्षीय ढंगले प्रतिनिधित्व गराएको भन्दै बिवाद सूरु भएको थियो।
बिशेषगरी सम्मेलनका महिला सहभागीहरुले ति दुई साखाको बिवाद टुंगो लगाएर मात्रै सम्मेलन सुरु गर्नुपर्ने अडान राखेपछि सम्मेलनमा पटक–पटक स्थगित भएको थियो।
सम्मेलनमा असन्तुष्ट पक्षले केहीवेर नाराबाजी गरेको भएपनि आयोजकले सम्मेलन सूरु गरेका छन्। विगत ३ वर्षदेखि विवाद भएको सिद्धार्थ जेसिजमा समस्या समाधान नगरी आफूहरुलाई प्रतिनिधित्व गर्न नदिएको भन्दै असन्तुष्ट सिद्धार्थ लेडी जेसिसका केही सदस्यहरु कार्यक्रम स्थलमै पुगेर बिरोध गरेका थिए।
नेपाल जेसिजको नेतृत्वले व्यक्तिगत स्वार्थ अनुसार सिद्धार्थ लेडी जेसिजको अध्यक्षमा विष्णु पाण्डे हुनु पर्नेमा गीता बन्जाडेलाई अध्यक्ष बनाइएका कारण बिवाद भएको सिद्धार्थ लेडि जेसिजकी पूर्व अध्यक्ष रचना क्षेत्रीले बताईन्।
नेतृत्वले विवाद समाधान गर्नुको साटो अनाधिकृत समूहलाई मान्यता दिने तर आधिकारिक समुहबाट रजिष्ट्रेसन शुल्क उठाएर पनि सहभागी हुन नदिने गरेका कारण बिवाद भएको क्षेत्रीले बताईन्।
सिद्धार्थ लेडी जेसिजमा सन २०२० देखि नै उध्यक्षको उमेर विवाद छ। उक्त जेसिजमा उमेर बिवाद समाधान गरेर
बिष्णु पाण्डेलाई नेतृत्व हस्तान्तरण गर्ने पुर्व सहमती भएपनि जवरजस्ती गिता बन्जाडेलाई अध्यक्ष बनाएको भन्दै पुर्व अध्यक्षहरु सहितको एउटा समुहले असहमती जनाई रहेको छ।
यसैगरि धनगढी लेडि जेसिजमा पनि ३ वर्षदेखिको विवाद समाधान नगरी एक पक्षीय रुपमा प्रतिनिधित्व गराएको भनि बिरोध भएको छ।
धनगढी लेडिज जेसिजमा सरिता साउद आधिकारिक नेतृत्व भएपनि पवित्रा पाण्डेको समूहलाई एक पक्षीय रुपमा प्रतिनिधित्व गराइएको कारण बिरोध सहभागीहरुले बताएका छन्।
अध्यक्ष बिकास मानन्धरले आफू महासचिव हुंदा मान्यता दिएको समितिलाई अहिले आएर मान्यता नदिनु गलत भएको उनीहरुको तर्क छ।
तिलोत्तमा जेसीजको आतिथ्यतामा शुक्रबारदेखि मणिग्राममा सूरु भएको सम्मेलनमा देशभरबाट करिब १ हजार बढी प्रतिनिधि सहभागी भएका छन। दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र घ अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिव ५ सय प्रतिनीधि तथा पर्यवेक्षक, नेपाल जेसीज र अन्य शाखा तथा अतिथि समेतको सहभागिता रहेको छ।