Butwal Today

उच्चस्तरीय समिति बनाउन दलहरु सहमत, तीन सदस्यीय कार्यदल गठन

५ भाद्र २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ, ५ भदौ ।

साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन दलहरुबीच सैद्धान्तिक सहमति जुटेको छ।

सोमबार राति सिंहदरबारमा बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उठाउँदै आएको उच्चस्तरीय समिति बनाउने कुरामा दलहरु सहमत भएका हुन्।

उक्त बैठकले उच्चस्तरीय समिति बनाउने कुरामा सहमति जुटाउँदै तीन सदस्यीय कार्यदल पनि बनाउने निर्णय गरेको छ।

उच्चस्तरीय समितिको टीओआर तय गर्नका लागि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका प्रमुख रमेश लेखक सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाइएको हो।

एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय समितिको ड्राफ्ट बनाउने गरी तीन नेता सम्मिलित कार्यदल बनाइएको जानकारी दिए।