© २०२३
पाल्पा, ४ भदौ ।
पाल्पाको बगनासकाली गाउँपालिकामा वडा अध्यक्षले अवैध रुपमा नदी उत्खनन् गरी डम्पिङ्ग गरी राखेको भनिएको गिट्टी बालुवा स्थानीयले आफ्नो रहेको दावी गर्दै आएका छन् ।
गिट्टी, बालुवा डम्पिङ्ग गरेर राखेको भन्दै पालिकालाई उजुरी परेपछि एक महिनाअघि पालिकाले आफ्ना वडाअध्यक्ष लक्ष्मी अधिकारीलाई जरिवाना गर्ने निर्णय गरेको थियो । तर स्थानीय बोटे समुुदायले भने डम्पिङ्ग गरी राखिएको बालुवा आफुहरुको रहेको भन्दै पालिकामा उजुुरी समेत दिएका छन् । उनीहरुले रोयल्टी तिरेर ल्याएको बताउँदै आए पनि प्रहरीको उपस्थितिमा कोठामा धुनेर, अपहरण शैलीमा प्रहरी फोर्सको निगरानीमा जवर्जस्ती कागज गराएको घटनाले भने पछिल्लो समय थप चर्चा पाएको छ ।
प्रहरीले त्यहाँ आफ्ना हाकिमहरुको आदेशले गर्यो कि ? पालिकाका केही पदाधिकारीहरुले प्रहरी फोर्सको प्रयोग गरे भन्ने विषय गम्भीर बन्दै गएको देखिएको छ । प्रहरीको घेरावन्दीमा कोठामा थुनेर धम्की सहितको बयान गर्न लगाएको पीडित दलबहादुर बोटे बताउँछन् । उनले आफुहरुले जिताएर पठाएका जनप्रतिनिधिहरुले नै अन्याय गरेको गुनासो गरे । बोटेले भने, ‘हामीले रोयल्टी तिरेर लिएका हौं तर पालिकाले हैन भन्दै अन्याय ग¥यो ।’ गिट्टी बालुुवा आफ्नो रहेको र उठाउन पाउँ भन्दै पालिकामा निवेदन सहित अनुुरोध गर्दा पनि त्यसको सुुनवाई हुुनुु त परको कुरा आफुुहरुलाई थप तनाव दिएको पीडित बोटेको भनाई छ ।
थप अनुुसन्धान गर्न भन्दै उनीहरुलाई प्रहरीको घेरावन्दीमा राखेर जवर्जस्ती कागज गराउन खोजेपछि नेपाली काँग्रेसका केही नेताहरु भने उनीहरु अन्यायमा परे भन्दै त्यो कदम रोक्ने प्रयास गरेका थिए, तर उनै अन्यायमा परेकाहरुलाई न्याय दिन खोजेका नेपाली काँग्रेसका नेताहरुले गरेको क्रियाकलापप्रति आरोप लगाउँदै पत्रकारसम्मेलन गरी विज्ञाप्ति मार्फत बदनाम गर्ने कार्य आपत्तिजनक रहेको नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति मुक्तिराम जिसीले बताए ।
कार्यपालिकाको बैठकमा कुरै नगरी राजनैतिक पूूर्वाग्रहको आधारमा आफु बैठक सकेर हिडेपछि, जरिवानाको निर्णय गरी राजनीतिक प्रतिशोध साँधेको पीडित वडाअध्यक्ष अधिकारीको गुुनासो छ । उनले अनुगमनमा वडा कार्यालयलाई जानकारी समेत नदिई नियमानुसार ठेक्का लागेको घाटबाट गाउँपालिकाको कानुन अनुरुप राजश्व दाखिला गरी स्थानीय ब्यक्तिहरुले संकलन गरिएको नदीजन्य पदार्थलाई केही व्यक्तिहरुको लहलहैमा राजनीतिक पूर्वाग्रह साँधी जननिर्वाचित वडा अध्यक्षमाथि कपोकल्पित आरोप लगाइएको बताए । उनले भने ‘न्याय मरेको छैन्, मैले न्याय, पाउँछु,,जहाँबाट म प्रति अन्याय गरियो, त्यही निकायले न्याय दिन कर लाग्छ भन्ने आधार मानेर अगाडि बढेको छु ।’ पालिका अध्यक्ष सरस्वती चिदीले भने वडाअध्यक्षलाई आफुहरुले राजनीतिक पुर्वाग्रहका आधारमा त्यसो नगरेको दावी गर्दै आएकी छन् ।
वडाध्यक्ष अधिकारीलाई यम्घास्थित मचेटाघाट बगर क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्÷निकासी गरेको आरोपमा पालिकाले गत असार ३० गते जरिवाना गर्ने निर्णय गरेको थियो । पालिकाले आर्थिक वर्ष २०७९÷८० मा वडा नं. ६ यम्घा दर्पुकको टिपुवाघाटलाई नदीजन्य पदार्थको निकासीको लागि ठेक्का लगाएको थियो । त्यहीबाट स्थानीय प्रकाश र दलबहादुर बोटेले किनेको बताएका छन् । गाउँपालिकाले अनुगमन गरी अवैध ठहराएको डम्पिङ्ग क्षेत्रमा राखिएको नदीजन्य पदार्थ आफुले नै रसिद काटेर किनेको प्रकाश बोटेले बताए । ठेक्का पाएको पारिलेक कन्स्ट्रक्सनका सञ्चालक तिलकराम न्यौपानेले पनि स्थानीय प्रकाश र दलबहादुर बोटेले आफुहरुसंगै किनेको बताएका छन् । उनले भने ‘गाउँपालिकाले अनुगमन गरी अवैध ठहराएको डम्पिङ्ग क्षेत्रमा राखिएको नदीजन्य पदार्थ मैले नै रसिद काटेर विक्री गरेका हुँ ।’