© २०२३
बुटवल, ४ भदौ । बुटवलमा जारी प्रथम यु—१८ फाईव ए साईड फुटबल प्रतियोगिताको उपाधि नवजिवन एफसीले उपाधि चुमेको छ । सोमबार भएको फाईनल खेलमा आयोजक आरकेएफसीलाई ट्राईबेकरमा पराजित गर्दै नवजिवनले उपाधि चुमेको हो । उपाधिसंगै नवजिवनले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपबिजेता आरकेएफसी नगद १० हजार रुपैया, कप, मेडल प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर नवजिवनका ज्ञान बहादुर बिक, हाई स्कोरर राधाकृष्ण युवा क्लबका अमन बलाल र उत्कृष्ट खेलाडी सुजल राना घोषित हुँदै पुरस्कृत भए।
बसपार्कस्थित खेलमैदानमा भएको खेलमा राधाकृष्ण युवा क्लबका सुजल थापाले खेलको पाचौ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको अन्तिम समयमा नवजिवनका करण बहादुर अधिकारी बराबरी गोल गर्दै खेलमा फर्कियो । ट्राईबेकरमा नवजीवनका गोलकिपरे उत्कृष्ट बचाउ गरे ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव राना, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष बिश्वास ढकाल, वडा नं ९ का वडा सदस्य भरत पुरी विवस, क्लबका अध्यक्ष यम बराल, संयोजक बिश्वजित ताम्राकारले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रबक्ता शिव रानाले पालिकाभित्रका खेल संस्था र गतिविधिलाई ब्यवस्थित गर्दै अगाडी बढाउने बताए । वडा नं ९ का वडा सदस्य भरत पुरी विवसले एक वडा एक मैदान अवधारणा स्थानिय पालिका कार्यान्वयनमा लाग्नुपर्ने बताए । कुलतमा फसेका युवाहरुमा खेल मैदान सुधार केन्द्रका रुपमा हुने भन्दै बजेट बिनियोजनमा जोड दिनुपर्ने बताए । प्रतियोगितामा २४ टिमले उपाधिको लागि प्रतिस्प्रर्धा गरेका थिए ।