© २०२३
बुटवल, २ भदौ । बुटवलमा जारी प्रथम यु—१८ फाईव ए साईड फुटबल प्रतियोगितामा आयोजक आरकेएफसी (ए), (बि) सहित नवजिवन एफसी अन्तिम चारमा स्थान बनाएको छ । राधाकृष्ण युवा क्लबको आयोजनामा शनिबार भएको क्वाटरफाईनल खेलमा नवजिवन एफसीले नयागाउ रोयल, आयोजक आरेएफसी (बी) ले सोल्टी युनाईटेडलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।
निक्कै प्रतिस्प्रर्धात्मक खेलमा नवजिवन एफसीले नयागाउ रोयललाई १—० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । नवजिवनको जितमा करण अधिकारीले एकमात्र गोल गरे । यसैगरि आयोजक आरेएफसी (बी) ले सोल्टी युनाईटेडलाई २—० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ । उसको जितमा रोहन राई र सुजल थापाले गोल गरे ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद १० हजार रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष यम बरालले बताए । यसैगरि बिधागत उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने उनले बताए भदौ ४ गतेसम्म चल्ने प्रतियोगितामा २४ टिमले उपाधिको लागि प्रतिस्प्रर्धा गरेका छन ।
आईतबार अन्तिम क्वाटरफाईनल खेल जनशान्ति एफसी र आहाना एफसीको बिचमा हुने छ । यसैगरि पहिलो सेमीफाईनलमा आरकेएफसी (ए) र नवजिवन एफसीका बिचमा खेल हुने संयोजक बिश्वजित ताम्राकारले बताए ।