© २०२३
बुटवल, २ भदौ । बुटवलमा जारी प्रथम यु—१८ फाईव ए साईड फुटबल प्रतियोगितामा आयोजक आरकेएफसी (ए) टिम अन्तिम चारमा स्थान बनाएको छ । राधाकृष्ण युवा क्लबको आयोजनामा शुक्रबार भएको क्वाटरफाईनल खेलमा टिम शान्तिलाई ४—१ गोल अन्तरले पराजित गर्दै आरकेएफसी अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
यसैगरि शुक्रबार नै भएको अर्को खेलमा नयागाउ एफसीले थ्रिस्टार एफसीलाई २—० र आरकेएफसी (बि) ले रानीगंजा एफसीलाई ४—० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद १० हजार रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष यम बरालले बताए । यसैगरि बिधागत उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने उनले बताए भदौ ४ गतेसम्म चल्ने प्रतियोगितामा २४ टिमले उपाधिको लागि प्रतिस्प्रर्धा गरेका छन ।
शनिबार ३ वटा क्वाटरफाईनलका खेलहरु हुने खेल संयोजक बिश्वजित ताम्राकारले बताए । पहिलो खेल जनशान्ति एफसी र आहाना एफसी, दोस्रो खेल नयागाउ रोयल र नया जीवन एफसी तथा तेस्रो खेल आरकेएफसी र सोल्टी युनाईटेड एफसीका बिचमा हुने उनले बताए ।
आजको खेल