ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

‘आन्तरिक नगरसभा’ को भिडियो सामाजिक सञ्जालमा ? (भिडियोसहित)

२६ श्रावण २०८०, शुक्रबार
२६ श्रावण २०८०, शुक्रबार

भैरहवा, २६ साउन ।

एकीकृत सम्पत्ति करमा उल्लेख्य वृद्धि भएको भन्दै चौतर्फी आलोचना भएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बिहीबार नगरसभाको १४ औं अधिवेशन बोलायो । सर्वत्र चासोको विषय बनेको उक्त नगरसभाको समाचार संकलनका लागि कार्यक्रमस्थल सिद्धार्थनगर–१२ स्थित युनिक बैंक्वेटमा पुगेका बुटवल टुडेका पत्रकार शशि पन्थीलाई नगरपालिकाका प्रेस सल्लाहकार सलमान खानले आन्तरिक कार्यक्रम भन्दै रोके ।

तर, प्रेस सल्लाहकार खानले आन्तरिक कार्यक्रम भनिरहँदा उक्त कार्यक्रमको नगरसभा सदस्य एवं सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडा सदस्य अभिषेक रावलले २७ सेकेण्डको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । रावल नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन् ।

भिडियोमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बोलेको सुनिन्छ । आन्तरिक कार्यक्रम भनेर पत्रकारलाई फोटो भिडियो खिच्न नदिनु र कार्यक्रममा ३० सेकेण्ड पनि बस्न नदिनु तर, नगरसभा सदस्यले कार्यक्रमको भिडियो नै सार्वजनिक गर्नु ? कति को जायज होला ? प्रश्नचिन्ह उठेको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले लोकतन्त्रमा जनप्रतिनिधि भनेको नागरिकले चुनेर पठाएका ब्यक्ति भएको हुँदा चुनेर गएपछि पनि उनीहरुले गर्ने काम भनेको कुनैपनि ब्यक्तिगत नहुने बताइन् ।

“जनप्रतिनिधिले नागरिकका हितका लागि गरिने नागरिकका काम हुन्, यसर्थ संविधानले गोप्य राख्न भनेका विशेष बाहेक सुचना लुकाउने, निर्णय लुकाउने, सभा सम्मेलन गोप्यरुपमा गर्ने भनेको निरङ्कुशता हो नागरिकको जान्न पाउने हकमाथिको कुठाराघात हो, यसको विरोध गरिनुपर्छ । सिद्धार्थनगरको नगर सभामा पत्रकारलाई प्रवेशमा रोक्नु गलत हो, यस्तो हुनुहुँदैन”– उनको तर्क छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व सचिव राम प्रसाद आचार्यले जनप्रतिनिधिले नै कार्यक्रमको सार्वजनिक गर्ने तर पत्रकारलाई सामान्य सुचनाका लागि रोक्ने, सुचनाबाट बञ्चित गर्ने कार्य गलत भएको बताए । “नगरको विशेष सभा सबैको जन चासोको विषय हो यस्तो सभामा पत्रकारको समेत रुची हुन्छ”– आचार्य भन्छन्, “काठमाडौमा लाइभ गरी कार्यक्रम गर्दा भैरहवामा जनचासोका सभामा पत्रकारलाई रोक्नु दुःखद हो ।”

लुम्बिनी प्रेस क्लवका निवर्तमान अध्यक्ष नरेश केसीले विशेष नगर सभा सबैको चासोको विषय भएकाले जनप्रतिनिधि कसरी प्रस्तुत हुन्छन् भन्ने पत्रकारको समेत चासो भएको हुँदा पत्रकारलाई रोकिनु गलत भएको बताउँछन् । “अहिले संस्थागत कार्यक्रम लाइभ भएका छन्, जनताबाट निर्वाचित जनप्रतिनिधिको सभामा पत्रकारलाई प्रवेशमै रोक लगाउनु आवश्यक नभएको केसीको तर्क छ । जनप्रतिनिधिको ब्यक्तिगत स्वार्थ बाहिर आउँछ कि भनेर त्यस्तो गरिएको हुन सक्छ तर त्यस्तो गरिनु हुँदैन आगामी दिनमा सच्याउनुपर्छ”– केसीले भने ।

सिद्धार्थनगर नगरपालिकाले एकीकृत सम्पत्ति करमा साविकको भन्दा २० प्रतिशत बढाए पनि स्थानीयले विरोध गरेका छन् भने नेकपा एमालेका नगर सभा सदस्यहरुले विशेष नगर सभा बहिस्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?