ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

सुन्दर सडकको भाँचिएको डिभाईडर र रेलिङ्ग कहिले बन्छ ?

सडकको दुरावस्थाले सुन्दर बुटवल–भैरहवा सडक कुरूप देखिन थालेको स्थानीयले गुनासो गरेका छन् । यसरी सरकारी सम्पत्तिको नास हुदा समेत सम्बन्धित कार्यालयले मर्मतमा कुनै चासो नदिएको उनीहरूको भनाइ छ ।
२६ श्रावण २०८०, शुक्रबार
२६ श्रावण २०८०, शुक्रबार

बुटवल, २६ साउन ।  बुटवल–बेलहिया सिक्स लेन सडक निर्माण सुरु भएको ९ बर्ष बित्दा समेत अझै निर्माणाधीन अवस्थामा छ । सडक हस्तान्तरण नहँुदै कतिपय स्थानमा भत्किएर पुनः टालटुल समेत गरिएको छ । सवारी साधन दुर्घटनाबाट भत्किएका डिभाईडर र रेलिङ्ग समयमा नै मर्मत नहुँदा यसले सडकको सौन्दर्यलाई थप गिज्जाईरहेको छ ।

सडक किनारका रेलिड्डहरू भने ठाउँ ठाउँमा कतै भाँचिएका छन कतै रेलिड्डमा लगाईएका पाईपहरू समेत हराएका छन । सडकको दुरावस्थाले सुन्दर बुटवल भैरहवा सडक कुरूप देखिन थालेको स्थानीयले गुनासो गरेका छन् । यसरी सरकारी सम्पत्तीको नास हँुदा समेत सम्बन्धित कार्यालयले मर्मतमा कुनै चासो नदिएको उनीहरूको भनाइ छ । बुटवल भैरहवा क्षेत्रमा करिब १ दर्जन बढी ठाउँमा गाडीको ठक्करबाट रेलिड्ड, पिल्लर भाँचिएका छन् भने धेरै ठाउँमा आफूखुसी पाईप निकालेर बाटो समेत बनाएका छन् । मुख्य राजमार्गमा यसरी आफूखुसी सडक खोल्दा कुनै बेला ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै समयमा सम्बन्धित कार्यालय रोकथाम गर्न लाग्नुपर्ने स्थानीयको माग रहेको छ ।

एक स्थानीय भन्छन्–‘ भलवाडी देखि भैरहवा सम्म धेरै ठाउँमा सडक दायाँ बायाँका रेलिड्डहरू सवारी दुर्घटनाका कारण भाँचीएको र छरपष्ट भएको महिनौ भयो सवारी दुर्घटनाले क्षति पुगेको छ तर सम्बन्धित सवारी वा कार्यालय कसैले मर्मत गर्नेतर्फ ध्यान दिएको पाइँदैन ।’ सडक डिभिजन कार्यालय बुटबलका प्रमुख होम बहादुर ए.सी.ले गत बर्ष केही मर्मत गरेको र यसपाली समेत मर्मत गर्ने योजना रहेको बताए । धेरै महिनादेखि सडक किनारका रेलिड्डहरू भाँचिएका कारण सडक अस्तब्यस्त भएको भन्ने प्रश्नमा प्रमुख एसीले भने –‘जसले दुर्घटना गराएर क्षति पुराएको हो, उसैले बनाउनु पर्ने हुन्छ तर कतीपय अवस्थामा दुर्घटना गराएको सवारीले कार्यालयमा निर्माण गर्ने भनेर धरौटी राखेको हुन्छ तर समयमा नबनाएका कारण ढिला भएको हुन सक्छ ।’

धेरै ठाउँमा भत्कीएका धेरै समय हुँदा समेत निर्माण नहुँदा सडक डिभीजन कार्यालय र दुर्घटना गराउने सवारी बीच मिलेमतो भएकाले समयमा निर्माण नभएको गुनासो समेत हुन थालेको छ । दुर्घटना गराउने सवारीलाई नजीकको प्रहरी कार्यालयले नियन्त्रणमा लिएर सडकको क्षति यकिन गरेर निर्माण गरीदिने सर्त र सडक डिभीजनको सहमतीमा मात्र गाडी छाड्ने गरेको प्रहरीहरू बताउँछन । यसरी क्षति भएका ठाउँहरू समयमा निर्माण नगर्नु सडक डिभीजन कार्यालयको लापरवाही भएको आरोप लाग्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?