© २०२३
बुटवल, २४ साउन ।
लायन्स क्लव अफ बुटवल सिद्धार्थ र लायन्स क्लव अफ भृकुटी पाराडाइसले संयुक्तरुपमा एक कार्यक्रमका बीच फरक क्षमता भएका अशक्तहरुलाई ह्वील चेअर वितरण गरेका छन् ।
कार्यक्रममा बोल्दै लायन्य डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गभर्नर एमजेएफ अर्जुनमान सैंजुले लायन्सले यस्ता मानवीय कार्यमा निरन्तर सहयोग गर्दै आएको बताए ।
लायन्स डिष्ट्रिक ३२५ पि का प्रथम भाइस डिष्ट्रिक गभर्नर एमजेएफ पुरुषोत्तममान प्रधानाङ्ले फरक क्षमता भएका अशक्तहरुलाई गरिएको सहयोग अरुका लागि पनि अनुकरणीय हुने बताए ।
कार्यक्रममा एरिया प्रमुख कल्पना सिवाकोटी पोख्रेल, एरिया सेक्रेटरी डा. शान्ता शर्मा, रिजन चेअर पर्सन यदुमणि पोख्रेल, रोमनाथ ढकाल, जोन चेअरपर्सन श्रीकान्त सुवेदी, अमृता कार्की पौडेललगायतले आ–आफ्नो धारणा राखेका थिए । ह्वील चेअर वितरणको संयोजन डिष्ट्रिक प्रोग्राम मेम्बर तथा लायन्स पुर्व अध्यक्ष भोजराज पोख्रेलले गरेका थिए ।
अशक्त व्यक्तिहरु सैनामैना–६ कि ४५ वर्षीया सरस्वती ज्ञवाली, सन्धिखर्क नगरपालिका–१ अर्घाखाँचीका २० वर्षीय सागर भुसाल, गुल्मी दरवार गाउँपालिका–६ का २२ वर्षीय विनोद खड्कालाई एक एकवटा ह्वील चेअर वितरण गरिएको थियो । उनीहरुको हिंडडुल कार्यलाई सहजता मिलोस् भन्ने उद्देश्यले ह्वील चेअर प्रदान गरिएको लायन्स क्लव अफ बुटवल सिद्धार्थका अध्यक्ष नारायण विक्रम कुँवरले बताए ।
कार्यक्रममा भृकुटी पाराडाइसका अध्यक्ष सुमित्रा टण्डन क्षेत्री, लायन्स क्लव अफ बुटवल सिद्धार्थका सचिव सुन्दरलाल श्रेष्ठलगायतले यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।