© २०२३
बुटवल, २० साउन ।
तिनाउ हस्पिटल बुटवलका कर्मचारीहरुले नेपाल अविनाश अनाथ आश्रम कोटिहवामा आश्रित बालबालिकाहरुका लागि सहयोग गरेका छन् ।
समिर साह र रसिला अमात्यको जन्मदिनको अवसर पारेर तिनाउ हस्पिटलका कर्मचारीहरुले अनाथ आश्रममा सहयोग गरेको हस्पिटलकी फार्मासिस्ट रुचिका पोख्रेल भुसालले जानकारी दिइन् । फार्मासिस्ट भुसालले करिव एक वर्षअघि पनि टिकटक हट ग्रुपबाट अनाथ आश्रममा सहयोग गरेकी थिइन् ।
शनिबार दुईजना कर्मचारीको जन्मदिन परेको अवसरमा जन्मदिनमा हुने फजुल खर्चलाई अस्पतालका कर्मचारीहरु मिलेर मानवीय सहयोगमा योगदान गरिएको भुसालले बताइन् ।
सहयोग हस्तान्तरणका लागि तिनाउ हस्पिटलका कर्मचारीहरु समिर साह, रसिला अमात्य, हिसिला अमात्य, नम्रता गौतम, अनिषा श्रेष्ठ, अर्माता र रुचिका पोख्रेल भुसाल र उनकी छोरी समृद्धि भुसाल आश्रममा पुगेका थिए ।