ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

वसन्तपुरमा १ सय ७ युनिट रगत संकलन

२० श्रावण २०८०, शनिबार
२० श्रावण २०८०, शनिबार

बुटवल, २० साउन ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र बुटवल हिल्स लुम्बिनी केबलकार लिमिटेडको आयोजनामा शनिबार वृहत रक्तदान गरिएको छ । केबलकारको टप स्टेसन तिनाउ गाउँपालिका ३ वसन्तपुरस्थित कामाख्या देविको मन्दिर परिसरमा पर्यटन क्षेत्रसंग सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यसहित रक्तदान गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रमको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले ब्लड ब्याग हस्तान्तरण गरी उदघाटन गर्दै रक्तदानप्रति रहेको नकारात्मक सोचलाई चिर्न युवा समूहले योगदान दिएको बताए । रगत अभावमा रहेका परिवारलाई राहत दिने गरी चलाईएको अभियान उदाहरणीय भएको उनले बताए । रगत पाउन धेरै कठिनाई भएको बेला युवाहरु सामाजिक कार्यमा नमुना र उदाहरणीय योगदान गर्दै आएको बताए । पर्यटन क्षेत्रको विकासमा गाउँपालिका सधै सकारात्मक भएको उनले बताए ।

कार्यक्रममा सभासद खड्ग बस्नेत, गापाका सदस्य लाल बहादुर थापा, सामुदायिक वन उपभोक्ता समिति चुरेका अध्यक्ष कमल केसी, बुटवल हिल्सका संचालक तेजकुमार सुनार, रिषिराम भण्डारी, केवलकारका ईन्जिनियर शनि चौरासिया, पुर्व प्रदेश सभा सदस्य दधिराम न्यौपाने, समाजका सदस्य जानकी नेपालले पुण्य काम पुण्य स्थानमा भएको बताए ।

कार्यक्रममा समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले नियमित रक्तदानको महत्व र युवा सहभागिताबारे जानकारी दिए ।

बुटवल हिल्सका संचालक तेजकुमार सुनारले लुम्बिनीको पर्यटनमा केवलकार संचालनबाट नया आयाम थपिएको बताए । सिमा नाका हुँदै भित्रिने पर्यटकहरुलाई भुलाउने गन्तव्यका रुपमा बसन्तपुरमा निर्माण भएको धार्मिक महत्वको माता कामाख्या देविको मन्दिरसहित पूर्वाधार निर्माण भएको उनले बताए ।

विभागीय प्रमुख रुपेश पौडेलले रक्तदाता कार्यक्रममा १ सय ७ युनिट रगत संकलन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?