ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र
रोटरी क्लब अफ सेन्टर बुटवलको पदस्थापन

पाच जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

१८ श्रावण २०८०, बिहीबार
१८ श्रावण २०८०, बिहीबार

बुटवल, १८ साउन।  रोटरी क्लब अफ सेन्टर बुटवलको पदस्थापन सम्पन्न भएको छ । वर्ष २०२२/२०२३ का अध्यक्ष हिमाल गैरेले वर्ष २०२३/२०२४ का अध्यक्ष गणेश प्रसाद अधिकारीलाई पद हस्तान्तरण गरे । नवनिर्वाचित अध्यक्ष अधिकारीले उद्योगी, ब्यवसायीहरुको अगुवाईमा मुटु अस्पताल खोल्ने योजना बनेको स्मरण गरे ।

स्थापनासंगै धेरै चुनौतीहरु आईपरेको भन्दै उनले क्लब गठन भएर यसमा सहयोग जुटेको बताए । क्लबको वाषिर्क कार्ययोजनासंगै थप नया योजनाहरु बनाएको उनले बताए । डिष्ट्रिक ग्राण्डको सहयोगबाट स्वस्थ्यको क्षेत्रमा थप योगदान दिने उनले बताए । एक वर्षमा बोर्ड गठन गरि जिम्मेवारी बाडफाड गरेर ब्यवस्थित र सफल गराउने उनले बताए । क्लबको मुल लक्ष्यलाई अगाडी बढाउने प्रतिवद्धतासहित मृगौला रोगीको सेवा गाउगाउमा लग्ने गरि डायलोसिस सेन्टरलाई बिस्तारमा जोड दिने बताए ।

एक कार्यक्रमका बिच उद्घाटन गर्दै रोटरी ईन्टरनेश्नल ३२९२ का डिजि राजेन्द्रप्रसाद ध्वजुले रोटरीले अध्यक्ष अधिकारीलाई कलर, क्लबको चार्टर प्रमाणपत्र, बेल र ग्राबेल हस्तान्तरण गरेका थिए । रोटरी ईन्टरनेश्नलको उदेश्य अनुसार विश्वभरकै रोटरी क्लबहरु सामाजिक कार्यमा अग्रसर रहेको उनले बताए । कुनै पनि परियोजना गर्दा चार सुत्रिय कसीलाई ध्यान दिनुपर्ने भन्दै उनले जीवन लेख्ने चार सुत्रिय कसीमा आफुले गर्न लागेको काम सत्य हो, के यो सबैलाई निश्पक्ष, यसले सद्भाव र बधुत्व निर्माण गर्छ भन्ने कुरालाई मध्येनजर गर्न सुझाव दिए ।

कार्यक्रममा जनता माबिका पाच जना जेहेन्दार विद्यार्थीहरुलाई २५ हजार ५ सय रुपैया बराबरको छात्रवृत्ति रकम हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा क्लबका प्रेसिडेन्ट नोमिनी पुरन ज्ञवालीले २०१६ मा २७ जना सतप्रतिशत मेजर डोनरसहित स्थापना भएर सामाजिक कार्यमा नमुना काम गरि छुट्टै पहिचान बनाउन सफल भएको बताए । हाल संस्थामा १ सय ८ जना सदस्य छन । गौतम बुद्घ मुटु अस्पतालसहित नजिकका जिल्लाहरुमा मृगौला बिरामीको डायलोसिस सेवा दिदै आएको छ ।

कार्यक्रममा पुर्व डिजि बासुदेव गोल्यान, एसाइन एजी रबिलाल पोखरेल, चार्टर प्रेसिडेन्ट एजाज आलम, आईपिपि हिमाल गैरे, रोटरी क्लब अफ सेन्टर बुटवलका सचिव गणेश पाठकले स्वस्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएको क्लब आगामी दिनमा थप रचनात्मक काम गर्नेमा आशाबादी रहको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?