© २०२३
बुटवल, १७ साउन ।
दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका सिर्जनशिल लघु उद्यमशील समूह र लालीगुराँस उद्यमशिल समूह पचाहका महिला समूहले चप्पल उत्पादन व्यवसाय शुरु गरेका हुन् ।
आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुल नाराका साथ गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चप्पल उत्पादन व्यवसायको सुरु भएको पालिका अध्यक्ष यमनारायण पोखरेलल जानाकारी दिए ।
सिप सिकेर आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिका उद्यमशील विकास शाखाको आयोजनामा कोठरीका महिलाहरुलाई चप्पल उत्पादन सम्बन्धी तालिम दिइएको थियो । तालिम पश्चात महिला समूहका सदस्यहरु मिलेर पैसा संकलन गरी उत्पादन गर्न थालेको सिर्जनशील लघु उद्यमशिल समूहका सचिव संगिता चौधरीले जानकारी दिईन् ।
घरको काम सकेर फुर्सदको समयलाई सदुपयोग गर्दै महिला दिदिबहिनीहरु मिलेर चप्पल उत्पादन व्यवसाय सुरु गरेको र पालिकाले विक्री वितरणको लागि समन्वयको भूमिका निभाईदिए आवश्यकता अनुसार उत्पादन गर्न सकिने सचिव चौधरीले बताईन् । “आफुहरुले गर्न सकिदैन कि भनेर डराएका थियौ तर पालिकले तालिमको आयोजना गरिदियो अब त सजिलै हरेक डिजाईनका चप्पल बनाउन सकिने भयौ”–सचिव चौधरीको भनिन् ।
समृद्ध गाउँपालिका बनाउने उद्देश्यले पालिकाले जीवपयोगी तालिमहरु सुरु गरेको सोही पालिकाका अध्यक्ष यमनारायण पोखरेलले बताए । उनले पालिकाबासीलाई आत्मनिर्भर बन्नको लागि बिभिन्न खाले तालिमहरुमा करोडौको लगानी गरेको तर उत्पादनमुखी कार्यक्रम खासै नभएको बताउदै चप्पल उत्पादन व्यवसायले आफु अत्यन्त खुसी भएको बताए । पालिकाले पहिले तालिम र तालिम पश्चात व्यवसाय गर्न चाहनेहरुलाई आवश्यकता अनुसारको थप तालिम लगायतका अन्य सबै खाले सहयोगका गर्न प्रतिबद्ध रहेको समेत अध्यक्ष पोखरेलले बताए ।