ट्रेंडिंग:

>> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

इन्धनको व्यापक दुरुपयोग गर्दै तुलसीपुर उपमहानगर, सांसददेखि पत्रकारसम्मलाई वितरण

१७ श्रावण २०८०, बुधबार
१७ श्रावण २०८०, बुधबार

बुटवल, १७ साउन ।

तुलसीपुर उपमहानगरपालिकाले इन्धन वितरणमा ब्यापक दुरुपयोग गरेको पाइएको छ । उपमहानगरपालिकाले कार्यक्षेत्र र अधिकार क्षेत्र विपरित सांसददेखि पत्रकारसम्मलाई इन्धन दिएको पाइएको हो । महालेखा परीक्षकको कार्यालयले यस्ता विभिन्न कार्यालय, संस्था र ब्यक्ति विशेषलाई इन्धन वितरण गर्नु अनियमितता रहेको भन्दै सुधार गर्न भनेको छ ।

यसरी पेट्रोल लिनेमा इलाका प्रहरी कार्यालय तुलसीपुर एक हजार ९५ लिटर, पत्रकारतर्फ ५ सय ७६ लिटर, सशस्त्र प्रहरी बल बेश १६५ लिटर, संघसंस्थालाई ५९० लिटर, दलका भातृसंगठनलाई २३० लिटर प्रदान गरिएको छ । त्यस्तै एनजीओ, आईएनजीओलाई २०५ लिटर, सांसदलाई २०६ लिटर, ब्यक्ति बिशेषलाई ३ हजार पाँचसय ९७ लिटर प्रदान गरिएको छ ।

उपमहानगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ मा सोही बराबरको इन्धन वितरण गरेको छ । जम्मा ६ हजार ६ सय ६४ लिटर इन्धन त्यसरी वितरण गरेको पाइएको हो । जसबाट उपमहानगरपालिकालाई १२ लाख बढी घाटा भएको छ ।

यस्तै अनियमितता कारण अघिल्लो बर्षहरुमा पनि तुलसीपुर उपमहानगरपालिकाले नेपाल सरकारले दिंदै आएको सुत्केरी भत्ता लगायत थुप्रै जनता लक्षित कार्यक्रमहरु समेत कटौती गरेको थियो । एकातिर उपमहानगरपालिकालाई हाल विगतको दायित्व तिर्नुपर्ने अवस्था छ भने अर्कोतिर यसरी फजुल खर्च बढाईरहेको छ । जसले गर्दा आर्थिक वर्ष २०७९÷८० मा पँुजीगत खर्च न्यून रहेको छ ।

यस विषयमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्न खोज्दा आफु भर्खर मात्र जिम्मेवारी लिएको हुँदा यस विषयमा केही जानाकारी नभएको बताए । सोही पालिकामा कार्यरत यान्त्रिक ईन्धन व्यवस्थापक केशव डाँगीले भने निर्वाचनको समय, विपदको बेला र चाडपर्वको समय पनि भएको कारण कुनै पनि आपराधिक घटना नहोस् भनेर प्रहरीलाई गस्ती परिचालन गराउने उद्देश्यले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीयको स्वीकृतीमा उनीहरुको माग बमोजिम इन्धन दिएको बताए ।

एकातिर उपमहानगरपालिकालाई हाल विगतको दायित्व तिर्नुपर्ने अवस्था छ भने अर्कोतिर यसरी फजुल खर्च वृद्धि भैरहेको छ । जसले गर्दा आर्थिक वर्ष २०७९÷८० मा पुँजीगत खर्च न्यून रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?