ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

किलो टमाटरमा १ सय ४० किसानकै हातमा

करिब दुई क्विन्टल टमाटर बिक्री गरेकी कपुरकोट ३ निबासी कृषक रामकली बिकले सदैव राम्रो मूल्य पाएमा किसानको मिहेनत सार्थक हुने बताइन् ।
१७ श्रावण २०८०, बुधबार
१७ श्रावण २०८०, बुधबार

सल्यान, १७ साउन ।  बेमौसमी तरकारी उत्पादनमा अब्बल बनेका सल्यानका कपुरकोटका किसानले एक किलो टमाटरको १ सय ४० रूपैयाँ पाएका छन् । विगत केही बर्षमा न्युनतम १० रूपैयाँ किलो मा समेत टमाटर बिक्री गर्दै आएका किसानहरूले यो पटक हाल सम्मकै उच्च मूल्य पाएका हुन ।

सल्यानका किसानले हाल सम्मकै उच्च मुल्यमा आफुले उत्पादन गरेको टमाटर विक्री गरेका छन् । बेमौसमी तरकारी खेती हुने कपुरकोट क्षेत्रका किसानले मंगलबार टमाटर बिक्रि गर्दा किलोमै १४० रूपैयाँ हात पारे । यो हाल सम्मकै राम्रो मूल्य रहेको किसानहरूले बताएका छन् ।
मंगलबारको तरकारी हाट बजारमा मात्रै ६० लाख ४८ हजार ९४८ रूपैयाँ बराबरको ताजा तरकारी र फलफुल कपुरकोटबाट विक्रि भएको छ । कृषि उपज बजार केन्द्रका अनुसार ६८ हजार २८९ किलो कृषिजन्य वस्तु विक्रिबाट एकैदिन यती धेरै रकम किसानको हात परेको हो । यसमध्ये ४३ लाख बढी रकम टमाटर विक्रिबाट मात्रै आम्दानी भएको छ । ३१ हजार ३०० किलो टमाटर विक्रिबाट ४३ लाख ३ हजार ७५० रूपैयाँ, ४ हजार ५६५ किलो काउली विक्रिबाट १ लाख ९४ हजार १२ रूपैयाँ, ३ हजार ८९५ किलो भेडे खुर्सानी विक्रिबाट ३ लाख १ हजार ८६५ रूपैयाँ र ११ हजार ७०० किलो बन्दा विक्रिबाट २ लाख ४ हजार ७५० रूपैयाँ जिल्ला भित्रिएको बजार केन्द्रले जनाएको छ ।

मिहेनत गरेर उत्पादन गरेको तरकारीले उचित मूल्य पाएकोमा किसानहरू हर्षित देखिन्थे । करिव दुई क्विन्टल टमाटर बिक्रि गरेकी कपुरकोट ३ निबासी कृषक रामकली बिकले सदैव राम्रो मूल्य पाएमा किसानको मिहेनत सार्थक हुने बताइन् । कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार मंगलबारको तरकारी बजारमा टमाटर प्रतिकिलो १३५ देखि १४० सम्म, पुरानो अदुवा १४० देखि १५० मा किनबेच भएको हो । यस्तै किसानले अकबरे खुर्सानी १०० देखि १०५, भेडे खुर्सानी ७५ देखि ८०, काउली ४० देखि ४५, बन्दागोभी १० देखि १५ रूपैया प्रतिकिलो बिक्रि भएको बजार केन्द्रका बजार प्रतिनिधि चन्द्रमणी खड्काले जानकारी दिए । सिमि ४५ देखि ५० रूपैया प्रतिकिलो बिक्रि गरेका किसानले लोकल कांक्रा ५० देखि ५५ र उन्नत कांक्रा १० देखि १२ रूपैयाँ प्रतिकिलो बिक्रि गरेका हुन ।

कपुरकोट गाउँपालिकाभित्र र आसपासका क्षेत्रमा बैमौसमी तरकारी खेती हुँदै आएको छ । कपुरकोट क्षेत्रमा उत्पादन भएको तरकारी दाङ, नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा, कैलाली लगाएतका शहर बजारमा जाने गरेको छ । कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारि बजार लाग्ने गर्दछ भने अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका ६ वटै वडामा रहेका तरकारि संकलन केन्द्रमा पनि किसानहरूले आफ्नो उत्पादन विक्रि गर्नेगर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?