ट्रेंडिंग:

>> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

महिला उद्यमशीलता बढाउन डिजिटल साक्षरता

१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

बुटवल, १५ साउन ।

उद्योगी महिलाहरुलाई सघाएर महिला उद्यमशीलता प्रवद्र्धन गर्न भन्दै रुपन्देहीमा डिजिटल वित्तिय साक्षरता तालिम दिन थालिएको छ ।

घरेलु तथा लघुउद्यम गरिरहेका महिलालाई छनोट गरी तालिम दिन थालिएको हो । जसमा डिजिटल माध्यमबाट कसरी व्यवसाय गर्ने, बजारीकरण गर्ने, रकम लेनदेन गर्ने भन्नेबारेमा सिकाइएको थियो । बैंक तथा वित्तीय संस्थाबाट कसरी ऋण लिने, ऋण लिने प्रक्रिया कसरी थाहा पाउने, कस्ता कागजात कसरी मिलाउने, ऋणको किस्ता कसरी तिर्ने भन्नेबारेमा समेत सिकाउने गरिएको छ । सरकारले ल्याएका अनुदान र सहुलियत ऋण र त्यसलाई लिने प्रक्रियाबारे समेत सिकाइन्छ ।

वमन एक्ट नेपालले वित्तीय साक्षरता र उद्यम प्रवद्र्धनका लागि बुटवल र तिलोत्तमामा उद्यमी महिला सञ्जाल बनाएको छ । उनीहरुलाई उद्यम दर्तादेखि, संचालन, मुनाफादेखि वचतसम्मका प्रक्रिया सिकाउने गरिएको कार्यक्रम संयोजक आनिक रानाले बताइन् । उद्योग स्थापना गरेका, दर्ता प्रक्रियामा नगएकादेखि उद्योग राम्रोसित चलाएका महिलाहरुलाई आवश्यकता अनुसार सहजीकरण गरिरहेको उनले बताइन् । करिब एक वर्षसम्म उनीहरुलाई आवश्यकताका आधारमा सघाउने उनले जानकारी दिइन् ।

सोमबार तिलोत्तमाका उद्यमी महिलाहरुलाई सहजीकरण गरिएको थियो । जसमा उद्योग नविकरण, अडिट, डिजिटल कारोबारदेखि बैंकिङ प्रक्रिया तथा बचतबारे मेटलाइफका प्रतिनिधि शशिधर पराजुलीले सहजीकरण गरेका थिए । तालिममा सहभागी उद्योगी रेखा रानाले डिजिटल वित्तिय साक्षरताले उद्योग प्रवद्र्धनमा धेरै सघाएको बताइन् । साउन १३ मा बुटवल र साउन १५ मा तिलोतमामा आयोजना गरिएको थियो । सो तालिममा ३०–३० जना महिला उद्यमी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?