ट्रेंडिंग:

>> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

स्वास्थ्यकर्मी पाैडेलमाथि दुर्व्यवहार गरेकाे आराेप, दुई साता पनि टिकेन अस्पताल प्रमुख पौडेलको पद

१४ श्रावण २०८०, आईतवार
१४ श्रावण २०८०, आईतवार

चन्द्राैटा(कपिलवस्तु), १४ साउन ।

आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पाैडेललाई जिम्मेवारीबाट हटाइएको छ । विगत केही दिन देखि अस्पतालकाे जिम्मेवारी सम्हालेका अधिकृतस्तर छैठौं पाैडेललाई नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै जिम्मेवारीबाट हटाएकाे हाे ।

उक्त अस्पतालमा कार्यरत महिला कर्मचारीमाथि पाैडेलले दुर्व्यवहार गर्नुका साथै अभद्र तथा अमर्यादित व्यवहार गरेकाे भन्दै अस्पताल र शिवपुर स्वास्थ्य चाैकीकाे प्रमुखकाे जिम्मेवारीबाट हटाइएको सूचनामा उल्लेख गरिएको छ । प्रमुख पाैडेलले महिला कर्मचारी माथि दुर्व्यवहारकाे आराेप लागेकाे छ ।

जिल्लाको शिवराज नगरपालिकाले सञ्चालन गरेकाे अस्पतालकाे प्रमुखले शुक्रबार राति डिउटीमा रहेका कर्मचारीहरुलाई दुर्व्यवहार गरेकाे आराेप लागेकाे हाे । वडा नम्बर-५, चन्द्राैटामा रहेकाे अस्पतालमा राति करिब १ बजे मदिरा सेवन गरी कार्यालय परिसरमा गालिगलाैज गर्दै कर्मचारीहरुलाई दुर्व्यवहार गरेकाे पीडितकाे आराेप छ । प्रमुख पौडेलले महिला कर्मचारीलाई यता ज उता ज भन्दै जबर्जस्ती गरेको पिडितकाे भनाई छ ।

पीडितका अनुसार कर्मचारीहरु क-कसलाई सुत्न बाेलाएकाे हेर्छु भन्दै अपशब्दहरु पाैडेलले प्रयाेग गरेका छन् । शिवराज नगरपालिका-३, बस्ने भुवन पाण्डे समेत पाैडेलसँगै बसेर मदिरा सेवन गरेकाे जनाइएको छ । पीडितका अनुसार उनीहरु रोइ कराई हार गुहार समेत गरेका थिए । आराेप लागेका पाैडेलले पीडितलाई फाेन सम्पर्क गरि मिडियामा नल्याउन आग्रह गर्द‌ै पीडितकै कारण आफू मर्न बाध्य भएकाे जस्ता धम्कीपूर्ण शब्दकाे प्रयाेग गरेको उनीहरूको भनाई छ ।

वडा नं.१ स्थित शिवपुर स्वास्थ्य प्रमुख रहेका पौडेल यही साउन १ गतेदेखि आधारभूत अस्पताल प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । यता दुर्व्यवहारका आराेप लागेका प्रमुख पाैडेलले आजसम्म आफू यस्ताे घटनामा कहिल्यै नमुछिएकाे बताए ।

नभएकाे कुरा बंगाएर एकाएक सामाजिक सञ्जालमा आउँदा आफू निकै चिन्तित बनेकाे दुखेसो पोखे । कसैलाई दुर्व्यवहार नगरेकाे बताउँदै मदिरा सेवन गरेकाे बखत यदि केही कसैलाई बाेलेकाे भएपनि त्याे शब्दप्रति आफूले सम्बन्धित व्यक्तिसँग समन्वय गरि माफी समेत मागेको पाैडेलले बताए । यस्तै वडा प्रहरी कार्यालय चन्द्राैटाका प्रहरी निरीक्षक शेखरजंग मल्लले उक्त घटनाकाे बिषयमा आफूलाई केही जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?