© २०२३
बुटवल, १४ साउन ।
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले संगठनका शहिद मनोज– झपेन्द्र – सुरेन्द्रको स्मृतिमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत रूपन्देहीमा खाद्यान्न वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर २ को वडा कार्यालय परिसरमा रहेको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु बृद्धा आश्रममा रहेका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरी उनीहरुको लागि संगठनले आइतबार खाद्यान्न सामग्री प्रदान गरेको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालले बताए ।
त्यस अवसरमा बोल्दै संगठका केन्द्रीय सचिवालय सदस्य दिपक शर्मा पौडेलले संगठन मानवीय र सामाजिक कार्यमा सधै अग्रसर रहने बताए । संगठनका सचिवालय सदस्य काशिराम आचार्य, केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारी, आश्रमका व्यवस्थापक अनुपा राना लगायतको सहभागितामा संगठनले खाद्यान्न सामग्री प्रदान गरेको हो । कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष खनाल, केन्द्रीय सचिवालय सदस्य शर्मा लगायतले उक्त खाद्यान्न सामग्री आश्रमका व्यवस्थापक रानालाई प्रदान गरेका हुन् ।
त्यस अवसरमा आश्रममा आश्रीत जेष्ठ नागरिकहरुको स्वास्थ्यकर्मीहरु वैेकुण्ठ जिसी, नेत्रप्रसाद आचार्य र ठानेश्वर वस्यालले लगायतले स्वास्थ परीक्षण गरेका थिए । सोही अवसरमा बोल्दै केन्द्रीय सचिवालय सदस्य पौडेल, केन्द्रीय सदस्य भण्डारी लगायतले शहिद स्मृति दिवसका अवसरमा आश्रममा खाद्यान्न सहयोग गर्नु र जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्नु अति नै महत्वपूर्ण काम भएको बताएका थिए । आश्रममा रहेका व्यक्तिहरुलाई दैनिक जिविकोपार्जनमा थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले स्मृति दिवसका अवसरमा खाद्यान्न वितरण तथा स्वास्थ्य परीक्षण गरिएको संगठनका अध्यक्ष खनालले बताए । आगामी दिनमा पनि आश्रमलाई सहयोग गर्न संगठन सधै तयार रहेको उनले प्रतिवद्धता जनाए ।
आश्रमका व्यवस्थापक रानाले आश्रममा भएका व्यक्तिहरुलाई सम्झेर आश्रमसम्म आएकोमा खुशी व्यक्त गरे । जेष्ठ नागरिकहरुलाई आश्रय दिने उद्देश्यले आश्रम स्थापना भएको बताउँदै सामाजिक सहयोग नै मुख्य स्रोत रहेकोले आश्रमलाई खाद्यान्न उपलब्ध गराउनुका साथै आश्रित जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी शहिद स्मृति दिवस आश्रममा मनाएर नेपाल निजामति कर्मचारी संगठनले अनुकरणीय काम गरेको भन्दै उनले धन्यवाद दिए । कार्यक्रममा सहसचिव प्रदिप गिरीले पनि बोलेका थिए ।