© २०२३
बुटवल, १४ साउन ।
बुटवलका युवाहरुको सञ्जाल वाईजी गाईजले बुटवल उपमहानरपालिका वडा नंं ११ को नवनिर्मित वडा कार्यालय भवनमा सरसफाई गरेको छ ।
नेपालको जनसंख्याको हिसावले सवैभन्दा ठूलो वडाको रुपमा रहेको बुटवल वडा नं. ११ को चार बर्ष लगाएर निर्माण भएको वडा कार्यालय भवनबाट सेवा सञ्चालनमा ढिलाई हुँदा भवन घाँसे मैदानको रुपमा परिणत भएको छ ।
नयाँ भवनमा घाँस उम्रिनुका साथै धुलो र फोहर भएपछि युवाहरुको सञ्जाल वाईजी गाईजले भवन सरसफाई गरेको बताइएको छ । वाईजी गिजले विगतदेखि नै सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
वाईजी गाईजले निर्माण सम्पन्न भएर पनि लामो समयदेखि सञ्चालनमा नआएका कारण वडा भवन घाँसे मैदान भएकोले सरसफाई गरिएको जनाएको छ । बुटवलका युवाहरुको सञ्जाल वाईजी गाईजले बुटवल उपमहानरपालिका वडा नंं ११ को नवनिर्मित वडा कार्यालय भवनमा सरसफाई गरेको छ ।
नेपालको जनसंख्याको हिसावले सवैभन्दा ठूलो वडाको रुपमा रहेको बुटवल वडा नं. ११ को चार बर्ष लगाएर निर्माण भएको वडा कार्यालय भवनबाट सेवा सञ्चालनमा ढिलाई हुँदा भवन घाँसे मैदानको रुपमा परिणत भएको छ ।
नयाँ भवनमा घाँस उम्रिनुका साथै धुलो र फोहर भएपछि युवाहरुको सञ्जाल वाईजी गिजले भवन सरसफाई गरेको बताइएको छ । वाईजी गाईजले विगतदेखि नै सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
वाईजी गाईजले निर्माण सम्पन्न भएरपनि लामो समयदेखि सञ्चालनमा नआएका कारण वडा भवन घाँसे मैदान भएकोले सरसफाई गरिएको वाईजी गाईजको सदस्य रूद्र न्यौपाने बताए ।