ट्रेंडिंग:

>> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल

फेरिएको मेरो गाउँ र गाउँमुखी अर्थनीति

१४ श्रावण २०८०, आईतवार
१४ श्रावण २०८०, आईतवार

विषय प्रवेश :

भारतले चामल निकासीमा रोक लगाएको छ । लामो समय खडेरी परेर धान उत्पादनमा कमी आएपछि भारत सरकारले सो निर्णय गरेको बुझिएको छ । भारतले चामल निकासीमा रोक लगाएपछि नेपालमा धान र चामलको मूल्य वृद्वि भएको छ । भारतले चामल निकासीमा रोक लगाए पश्चात के गर्ने कसरी आन्तरिक उत्पादन बढाउने र व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा हालसम्म हामीले ठोस कदम चालिसकेका छैनौ । यसको असर न्यूनीकरण गर्नका लागि हामीले केही रणनैतिक हस्तक्षेप गर्नु पर्दछ । हाम्रा धान उत्पादन हुने खेतहरु सबै बाँझो रहेका छन् । पहाडमा जनशक्तिको अभाव, उत्पादन लागत महङ्गो, निर्वाहमुखी खेती प्रणाली, मौसममा आधारित खेती, सिंचाई सुविधाको अभाव लगायतका कारणले खेती प्रणाली कमजोर भई जमीन बाँझो रहेको हो । यसैगरी तराईमा पनि माथि उल्लिखित समस्याका अतिरिक्त एकीकृत बस्ती विकास प्रणालीको अभाव, पुराना सिँचाई प्रणालीको संरक्षण नगरिनु, नयाँ बनेका सिंचाई प्रणालीहरु गुणस्तरयुक्त नहुनु । जग्गा खण्डीकरण लगायतका कारणले धान उत्पादन हुन सकेको छैन । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा २०१६ सालको गण्डक सम्झौता भएर संरचना नबन्दासम्म यहाँबाट उत्पादित धान भारतको निचलौल र गडौरा बजारमा बिक्री गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । काम गर्न भारतबाट कामदार आउने गर्थे । तर, अहिले उल्टो छ । गण्डकको पानी भारतमा गएपछि उत्पादन घटेको छ भने भारतबाट आयात गर्न थालिएको छ । पछिल्ला समयमा भारतले निर्यातमा प्रतिवन्ध लगाएपछि तिल्मिलाउनु परेको छ । अब विस्तारै रैथाने खानेकुराहरुले प्राथमिकता पाउँछन कि भन्ने आशा पलाएको छ । भात मात्रै बढी खाने संस्कृति र परम्पराले गर्दा हाम्रा कोदो, मकै, फापर लगायत रैथाने उत्पादनहरु ओझेलमा पर्नुका साथै तरकारीजन्य उत्पादनहरुको प्रयोग पनि कम भई केवल भात खाने भुँडी बढाउने शहरी संस्कृतिमा पुरै गाउँ परिवर्तन हुन्छ कि भन्ने जस्तो लाग्छ ।

गाउँको परिवेश :

छिमेकी तल्लाघरका माईला दाईका तन्नेरी छोरा रोजगारका लागि अरब पुगेका थिए । दुर्घटनामा ज्यान गयो । पुरै गाउँ शोकाकुल छ । वैदेशिक रोजगारको सामाजिक लागत (सोसियल कष्ट) निकै भयावह छ । यसको क्षतिको पूर्ति कसरी हुन सक्ला ? पर्वत जिल्लामा मात्रै दुईवटा नगरपालिकाहरुले अझै नगरसभा गर्न सकेका छैनन् । ती लगायत सभा गर्न नसक्ने स्थानीय तहले कसरी किसानका समस्या समाधान गर्न सक्लान ? युवा जनशक्ति पलायन लगायतका कारणले उत्पादन लागत अत्यन्तै महङ्गो छ । लागत महङ्गो हुँदा उत्पादनमा रुचि छैन । अधिकाँश खेतीयोग्य जमीन बाँझो रहेको छ । आकाशे पानीको भर पर्नुपर्दा रोपाई हुन सकेको छैन । पुराना रैथाने कुला पोखरीहरु मासिदै गए । नयाँ बनेका सिँचाई, खानेपानी लगायतका संरचनाहरुको गुणस्तर कमसल हुँदा टिकाउ छैनन् । पूर्वाधारहरुको गुणस्तर अत्यन्त कमजोर छ । गाउँमा मानव बस्ती कम हुँदै जाँदा जंगलले ओगटी सक्यो । जंगल बढेको कारण बाँदरहरु घरघरमै बास बस्न थाले । जसले गर्दा अन्नपात फलफूल जोगाउन सकिएको छैन । हामीहरु एकै घरबाट सातजना पढ्न जाने स्कूलको एउटा कक्षामा मात्र ७ जना विद्यार्थी छन् । १२ कक्षासम्म पढाई हुने स्कूलको अभिलेखमा १५० जना विद्यार्थीहरु देखिन्छन् तर खासमा कतिजना नियमित होलान ? सरकारी विद्यालयको अवस्था चिन्ताजनक छ । गाउँमा पनि बोर्डिङ्गप्रतिको मोह ह्वात्तै वढेको छ । नेपाली भाषाको स्तर नराम्रो गरी खस्केको छ । गाउँको सामाजिक उत्प्रेरणा निकै कमजोर छ । गाउँमा वृद्व आमा, बाबा र १५ वर्षसम्मका केटाकेटी र केही युवाहरु मात्र रहेका छन् । आन्तरिक बसाई सराई तीव्र छ । जसका कारण केही वडा कार्यालयहरुले सामाजिक सुरक्षा भत्ता शहरै पुगेर बाँड्ने गरेको पनि पाइन्छ । गाउँघरमा संचालनमा रहेका आयोजनाहरुको अनुगमन मूल्याँकन हुँदा ग्रामीण आयोजनाहरुको गुणस्तरीयता अत्यन्त कमजोर देखिएको छ ।

गाउँ किन प्यारो :

तैपनि गाउँ किन प्यारो छ । डाँडाकाँडा, झरना–खोला, चौतारी–पाखाले सुसज्जित ग्रामीण परिवेश हाम्रो मानसपटलमा गढेको छ । चिसो हावा, मिठो पानी, ताजा तरकारी, रैथाने खानेकुरा, श्रमको सम्मान, रसिलो, निस्वार्थ र आत्मीय व्यवहार, रमणीय ठाउँ जस्ता धेरै विषयवस्तुहरुले गर्दा ग्रामीण वातावरण हामी सबैलाई प्रिय लाग्छ । चिसो हावापानी भएको कारण पाचन प्रक्रिया राम्रो हुने । सबै प्रकारका खानेकुराहरु मिठो लाग्ने । मिसावट युक्त नखाउँ भन्दा पनि पुग्ने । गिठा, भ्याकुर, कोदो, कर्कलो, आटो, ढिडो, रोटी खानको लागि सहज हुने । उकाली ओराली गर्दा थप एक्सरसाईज गरिरहन नपर्ने । दुध, मोही, घिउ, नौनी खान पनि पाईने । शहरमा मेन्टल वर्क बढी हुने, हिडडुल कम हुने हुँदा विभिन्न प्रकारका नसर्ने रोगहरु बढी लाग्ने तर पहाडको बसाईमा नसर्ने रोगहरु लाग्ने सम्भावनाहरु कम हुने । गाउँले जीवन मिलनसार, छलकपट रहित सादा सरल, बलियो सामाजिक सम्बन्ध भएको कारणले गर्दा गाउँले जीवन अधिकाँशको रोजाईमा परेको हुन्छ ।

गाउँ गाउँमा कच्ची बाटो पुगेको छ । गाउँमा बसेर शहरको सुविधा लिन सकिने भएको छ । उदाहरणको लागि मेरो गाउँबाट सदरमुकाम आउनको लागि ३ घण्टा हिड्नु पर्ने थियो भने अब केवल ३० मिनेटमा शहर पुगिन्छ । काठमाडौबाट ८ घण्टाको सडक यात्रामा पुगिने गरी सडक संजाल निर्माण भएको छ । यसका अतिरिक्त एक घर एक खानेपानीको धाराको अभियान अन्तर्गत घर घरमा पानीको धारा जोडिएको छ । विजुली बत्तीले गाउँ झिलिमिलि बनेको छ । संघीय शासन प्रणाली सँगसँगै वडा कार्यालयमा चहलपलह बढेको छ । सवारीका साधनहरु घरघरमै पुगेका छन् । बस चढ्नको लागि कम्तीमा ४ घण्टाको पैदल यात्रु हिड्नु पर्ने अवस्थाको अन्त्य हुँदै घर घरमा सवारीका साधन पुगेका छन् । मोटरसाइकल पुगेका छन् । सम्पन्न व्यक्तिहरुले पक्की घरमा कार नै लगेर राखेका छन् । ठाउँ ठाउँमा साना साना बजार केन्द्रहरु निर्माण भएका छन् । शहरको उकुसमुकुस र भागदौडयुक्त जीवनको तुलनामा गाउँ शान्त र सौम्य छ । लाटी पल्टेको डाँडो, केटी चौर, च्यान डाँडा, भलपोखरामा स्वच्छ हावा चल्छ । आनन्द आउँछ । त्यस अर्थमा गाउँ प्यारो छ ।

गाउँको लुकेको पाटो

वैदेशिक रोजगारी र आन्तरिक बसाई बसाईले गर्दा गाउँ प्रायः सुनसान छ । वैदेशिक रोजगारीले देशको अर्थतन्त्र धानिएको छ । तर त्यसको सामाजिक मूल्य निकै महङ्गो सावित भएको छ । वैदेशिक रोजगारीमा कलकलाउँदो उमेरका युवाहरु गुमाउनु परेको छ । यसले सहनै नसक्ने पीडा गाउँलाई दिएको छ । तर त्यो सहनु बाहेकको विकल्प गाउँसँग छैन । गाउँमा अझै पनि चरम गरिबी लुकेको छ । अत्यन्त श्रम गर्नुपर्ने तर श्रमको तुलनामा उत्पादन न्यून छ । उजाड गाउँ, निराश दिनचर्या, सुस्ताएका मनले गर्दा धेरै लामो समय गाउँमा बस्दा याकुल व्याकुल पनि बनाउने गर्दछ । यद्यपि उकाली ओराली गर्दा ती सुस्ताएका मनहरु भुलिरहेका हुन्छन् । वैदेशिक रोजगारीलाई कम गरी स्थानीय तहमा नै रोजगारीका अवसर श्रृजना गर्ने, गाउँको जमीनलाई व्यावसायिक क्षेत्रमा प्रयोग गर्ने लगायतका विषयमा स्थानीय सरकारमा समेत स्पष्ट दृष्टिकोण पाइदैन ।

गाउँसँग जोडिएका सामाजिक सम्बन्धहरु तीव्र बसाईसराई र भागदौडयुक्त शहरी जीवनका कारण कमजोर बनेका छन् । एउटा नातीले हजुरवाबासँग कसरी व्यवहार गर्ने ? नातीको जिम्मेवारी लगायतका विषयहरु करिब करिब हराईसकेका छन् । किनकी हाम्रो पारिवारिक र सामाजिक संरचना नै टुक्रिईसकेको छ । नाती केटो आफ्नो चुनौतीपूर्ण भविष्य निर्माणको लागि शहरमा संघर्षरत छ । उसका आफ्नै प्रकारका अनेकौ हण्डरहरु छन् भने बाजेका आफ्नै कथा र कहानीहरु छन् । यी दुवै पक्षलाई जोड्न सकिएको छैन । गाउँका निधि र भविष्य यी दुवै पक्षलाई जोड्न सक्ने हो भने पक्का पनि समाजमा नयाँ मान्यताहरु स्थापित गराउन सकिने थियो तर भागदौडयुक्त शहरी जीवनले कठिन भएको पगरी गुथाएको छ ।

गाउँमा बस्ती कम हुँदै जाँदा सबै खोल्सा खोल्सी वन, बाँदर र झाडीले ढाकेको छ । झ्याउँ किरीको झ्याउँ झ्याउँले विरह लाग्दो अवस्थामा पु¥याएको छ । केही छिन, केही दिन र टुरिष्ट मुडको लागि गाउँ रमाइलो, घुमफिरयुक्त र आनन्दपूर्ण भए पनि शिक्षा स्वास्थ्य र यातायातको भरपर्दो व्यवस्था नभएको हुँदा विकल्प भएसम्म गाउँमा नै बस्नुपर्दछ भन्ने मुडमा नागरिकहरु देखिदैनन् । विविध कारणले गाउँमा खेती गर्न नसक्नु र किनेरै खानुपर्ने भएपछि किन गाउँ बस्ने बरु सपनाको शहरमा गएर सानो तिनो व्यवसाय गर्दा सहज तरिकाले जीवन विताउन सकिने देखि समृद्धिको सपना सहित शहर झर्ने काम तीव्र हुँदै गएको छ । गाउँमा खेतीपाती गरेर हुने आम्दानी भन्दा शहरमा सानो होटल व्यवसाय संचालन गर्दा हुने आम्दानी बढी भएपछि स्वतः नागरिकहरु शहर सर्छ नै ।

निष्कर्ष :

गाउँमा निर्माण गरिएका पूर्वाधारहरुको गुणस्तरीय अभिवृद्धि गर्नुका साथै शिक्षा स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखी स्थानीय तहले काम गर्नुपर्ने देखिन्छ । ग्रामीण उत्प्रेरणाको तहलाई मजबुत बनाउनुको साथै उद्यमशीलता प्रवद्र्धन गर्नु आजको आवश्यकता हो । राष्ट्रपिता रामचन्द्र पौड्यालको शव्दमा–के राम्रा स्कुल, राम्रा अस्पताल, उद्योग–व्यवसाय सबै यही शहरमा कोच्नु जरुरी छ त ? अहिलेका सहरभन्दा बाहिर बस्नलाई ठाउँ छैन र ? विश्वका सबै खाले आर्थिक सिद्धान्त र अर्थव्यवस्था बुझेका भनिने, प्राज्ञिक अनुसन्धानमै बढी लागेका र त्यसैमा अधिक विश्वास राख्ने हाम्रा योजनाविद्हरूको औचित्य के हो त ? उनीहरूले नेपाललाई विशुद्ध नेपाली भएर नेपालको विकासको उपयुक्त मोडलबारे दिमाग खेलाउन पर्दैन ? त्यसकारण अब गाउँमा नै सबै सेवा सुविधा उपलब्ध गराई गाउँलाई शहर बनाउनु पर्छ । यसअर्थ गाउँमुखी अर्थनीतिको खाँचो छ ।

(लेखक बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?