© २०२३
बुटवल, १३ साउन ।
रोटरी क्लव अफ बुटवलको १४ सय ७३ औं नियमित बैठक सम्पन्न शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा तिनाउ इन्टरनेशनल हस्पिटल बुटवलमा कार्यरत फार्मासिस्ट रुचिका पोखरेल भुसालको क्लासिफिकेशन रहेको थियो ।
बैठकमा बोल्दै क्लवका अध्यक्ष करुण खनालले क्लवले आफ्नो प्लान अफ एक्सन अनुसार काम गर्ने बताउँदै यसका लागि सबै रोटरीयनहरुको साथ र सहयोगको अपेक्षा गरे ।
त्यस्तै सचिव तारानथा भट्टराईले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए । बैठकमा बोल्दै फर्मासिस्ट रुचिका पोखरेल भुसालले रोटरी जस्तो सामाजिक संस्थामा प्रवेश गर्नु आफ्ना लागि गर्वको विषय भएको बताइन् ।
उनले आफ्नो रुची सामाजिक क्षेत्रमा रहेको चर्चा गर्दै आफूले टिकटक अट ग्रुपसँग मिलेर बुटवलको मानवसेवा आश्रम र देवनिगरमा रहेको अपाङ्ग आश्रमलाई ६० हजारका दरले सहयोग गरेको र एकजना क्यान्सर पवीडित बिरामीलाई एकलाख ८० हजार सहयोग रकम जुटाएर उपलव्ध गराएको जानकारी दिइन् । पोखरेलले आफ्नो पेशागत क्षेत्र र आफ्नो जीवनमा भोगेका विभिन्न कठिनाई तथा संघर्षहरुको अनुभव समेत सुनाएकी थिइन् ।
त्यस अवसरमा रोटरी क्लव अफ बुटवलका निवर्तमान अध्यक्ष बोनिन पिया, पुर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, अन्य रोटरीयनहरु डा. मनोहर जोशी, मणिरत्न पाण्डे, उमा भण्डारी, रेखा ज्ञवाली, लेखनाथ भुसाल, शारदा ज्ञवाली, आरसीसी भाटाका अध्यक्ष पुस्कर भुसाललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।