© २०२३
नवलपुर, ११ साउन ।
पूर्बी नवलपरासीमा लागु औषधको कुलतमा बढी मात्रामा युवाहरु फसेका छन् । पछिल्लो पटक प्रहरीले आगूऔषधमा प्रयोग गरेको आरोपमा पक्राउ गरेकाहरुको तथ्यांकहरु हेर्दा लागु औषधको कुलतमा फँसेका मध्ये ९५ प्रतिशत युुवाको संख्या रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बका प्रमुुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले पछिल्लो एक आर्थिक वर्षमा ४३० जना लागूऔषध दुव्र्यसनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको छ । ती सबै १६ देखि २८ वर्ष उमेर समूहको रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
कुलतमा फसेका दुव्र्यसनीहरुले ब्राउन सुगर, स्पासमो, फेन्सी डिल, टिडिजिसी लगायतका लागूऔषधहरु प्रयोग गर्ने गरेको प्रहरीले दिएको तथ्यांकहरुबाट देखिएको छ । ब्राउन सुगर बाहेक स्पासमो, फेन्सी डिल, टिडिजिसी भारतमा निर्वाध रुपमा विक्री वितरण हुने भएकोले पनि यो भारतको बाटो भएर नेपाल भित्रिने गरेको प्रहरी उपरीक्षक तिवारीले बताए ।
स्पासमो, फेन्सी डिल र टिडिजिसी नेपालमा डाक्टरले सिफारिस गरेको विरामीले मात्र खान पाउने र अन्यको हकमा प्रतिबन्धित औषधि हो । यसलाई अहिले युवा पिढीले आगूऔषधको रुपमा प्रयोग गर्ने गरेका छन् ।
देवचुुली, अरुरणखोला, गैडाकोट र कावासोती, चोरमारा, दुुम्कीबास लगायतका क्षेत्रमा समातिएका केही युवा नारायणी नदी किनार र गैंडाकोट र कावासोती, चोरमारा, अरुरणखोलाका जंगलमा बसेर आगू औषध प्रयोग गरिरहेको अवस्थामा धेरै युुवा पक्राउ पर्ने गरेका छन । कावासोतीमा पक्राउ गरेका युवाहरु कोही मन्दिर, जंगल र सडकको कल्भर्डमा त कोही भारतबाट लागू पदार्थ मोटरसाईकल, बस लगायतका साधनहरुमा ल्याउँदै गर्दा पक्राउ परेका छन् ।
नेपाल भारत खुल्ला सिमाना रहेको कारण अधिकांश लागूऔषध भारतबाट नेपाल भित्रिने गर्दछ । यसको लागि नेपालकै मुख्य नाका त्रिवेणी, महेशपुुुर, बर्दघाटदेखि सुनवल सम्मको इलाका बन्ने गरेको छ ।
प्रहरीले अहिले सम्म पक्राउ गरेका युवाहरुले बर्दघाट वा सुनवल क्षेत्रबाट लागू औषध किनेर ल्याएको बयान दिएको बताइएको छ । नेपाल भित्रिने लागू औषध भारतबाट खुला सिमानाका कारण नेपाल भित्रिने र ती लागू औषध बर्दघाट, सुनवल लगायतका क्षेत्रलाई मुख्य नाका बनाएर बुटवल, नारायणगढ, पोखरासम्म ओसारपोसार हुने गरेको प्रहरीको भनाई छ ।
नवलपरासी पुर्वमा मात्रै एक वर्षमा चार सयदेखि पाँच सय सम्म बढी युुवाहरु लागू औषध मुुद्दामा पक्राउ परेका छन् । पक्राउ परेका युवाहरुले भारतबाट लागू औषध भित्र्याएको र गाउंँघरमै बेच्ने गरेको वयानमा उल्लेख गर्ने गरेका प्रहरीले जानकारी दिएको छ ।
नवलपरासी पूर्वमा १६ देखि २८ बर्षका युवाहरु लागु औषधको कुलतमा परेको एक अध्ययनले समेत देखाएको छ ।