© २०२३
बुटवल, ८ साउन । शारीरिक सुगठनको महत्वपूर्ण पाटोको रुपमा विकास भएको स्ट्रेन्थ लिफ्टिङ्ग खेल र खेलाडीको विकास गर्ने लक्ष्यसहित कर्णाली प्रदेशमा शाखा गठन भएको छ । खेलप्रेमी बिशाल हमालको अध्यक्षमा कर्णाली प्रदेश स्ट्रेन्थ लिफ्टिङ्ग संघको २१ सदस्यीय समिति गठन भएको हो । जसको उपाध्यक्ष चेतन आचार्य, सचिव राज खत्री, उपसचिव तेज रोकाया, कोषाध्यक्ष बिन्दमान सार्की तथा सदस्यहरु जनक चौधरी, रितक बिक, गणेशमान शाक्य, अनिल कुमार भण्डारी, लक्ष्मी सुनार, जिवन बञ्जाडे जैसी, ईन्द्र डाङ्गी, मनिश विश्वकर्मा, रेशम चौधरी, मनोज राना, आकाश वि.क., दलबहादुर सुनार, राजेन्द्र सुनार, सुस्मा गिरी, जगत प्रसाद रिजाल सर्वसम्मत चयन भएका छन ।
नवनिवार्चित अध्यक्ष हमालले आफनो कार्यकालमा कर्णालीमा राष्ट्रिय प्रतियोगितासहित खेल विकासमा योगदान गर्ने प्रतिबद्धता जनाए । प्रदेशबाट स्ट्रेन्थ लिफिटङ सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेल्ने खेलाडीहरुलाई समन्वय गर्ने उनले बताए ।
कार्यक्रमको नेपाल स्ट्रेन्थ लिफ्टिङ्ग संघका सस्थापक केन्द्रिय महासचिव जिवन गिरीले कार्यक्रमको उद्घाटन गर्दै विश्वमा नै नाम कमाएको यो खेल नेपालमा भित्रिएको छोटोसमयमा खेलाडी जन्माउन सफल भएको बताए । धेरै विधाका खेलमध्ये यो विश्व मन्चमा प्रतिस्प्रर्धा गर्न र पदक दिलाउन सक्ने खेल भएको उनले दाबी गरे । नोबेम्बरमा मलेशियामा हुने १० औ विश्व स्टेन्थ लिफिटि एण्ड आईबिपि च्याम्पियनसिपका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय स्तरको स्ट्रेन्थ लिफ्टिङ्ग आई.बी.पी.प्रतियोगिता गरि खेलाडी छनौट गरिने उनले बताए । कार्यक्रममा खेलकुद बिकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले विकासमा पछि परेका क्षेत्रमा खेल सम्भावना धेरै रहेको बताए ।