ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

शिथिल बनेको अर्थतन्त्रलाई मौद्रिक नीतिले चलायमान गराउँछ : अर्थमन्त्री (भिडियो)

८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

बुटवल, ८ साउन ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र शिथिल बनेका बेला आएको मौद्रिक नीतिले आर्थिक गतविधि बढ्ने संकेत देखिएको बताएका छन् । “नयां मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने देखिएको छ”–उनले भने ।

मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुंजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने अर्थमन्त्री महतको दावी छ । “मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ, यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुंजी प्रवाह बढ्छ, जग्गा कारोबार पनि सहज हुन्छ”–उनले भने ।

नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । आफूले तस्करीको सुचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दावी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बताए ।

सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे महतले शर्माको अस्पतालले स्वास्थ्य वीमा बोर्डको वीमा रकम नपाएका कारण मनपरी बोलेको बताए ।

अर्थमन्त्री डा. महतले चालु आर्थिक वर्षमा पुँजीगत खर्च बढ्ने दावी पनि गरे । पुँजीगत खर्च बढाउन सरकारले निश्चित समयमै ठेक्का लगाउने व्यवस्था गरेकाले पुँजीगत खर्च बढ्ने उनले बताए । पुँजीगत खर्चमा वृद्धि भएसंगै आर्थिक गतिविधि तीब्ररुपमा बढ्ने अर्थमन्त्रीको दावी छ ।

“नयाँ आर्थिक बर्ष सुरु भएसंगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको छ, यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ”–अर्थमन्त्री डा. महतले भने ।

वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि कायम गर्ने रहेकाले सरकारले लक्ष्य पूरा गरेरै छाड्ने उनले अठोट व्यक्त गरे ।

अर्थमन्त्री डा. महतले तत्कालका लागि श्रोतमा केही कमी रहेपनि पुँजीगत खर्च गर्ने अवस्थामा सुधार आउने वित्तिकै देशको आर्थिक क्षेत्रले सुधारको बाटो लिने बताए । “देश विकासलाई प्रमुख प्राथमिकतामा राखेर सरकार अघि बढेकोले निराश भैहाल्नुपर्ने अवस्था छैन”–उनले भने ।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. महतले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण आवश्यकताका आधारमा तय हुने बताए ।

उनले नेपाली कांग्रेसमा भ्रम सिर्जना गर्ने कोशिस भैरहेको भन्दै बाहिर बैठकमा के के न भयो भन्ने हल्ला हुने भएकोले जनतालाई यथार्थ जानकारी दिन बैठकको प्रत्यक्ष प्रसारण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?