© २०२३
भैरहवा, ६ साउन ।
प्रभु बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई सहयोग हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रभु बैक लिमिटेडले १५ थान पंखा हस्तान्तरण गरेको छ । पछिल्लो समय विश्वव्यापी रुपमा वातावरणमा आएको परिर्वतनको प्रभावका कारण तापक्रम बढ्दो अवस्थामा रहेको छ । यस्तो अवस्थामा प्रशासन कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुलाई शितलता प्रदान गर्ने भन्दै बैंकले १५ थान पंखा वितरण गरेको प्रभु बैंकका लुम्बिनी प्रदेश नायव प्रमुख यादव भट्टराईले जानकारी दिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई शुक्रवार बैंकले एक कार्यक्रमको आयोजना गर्दै पंखा वितरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै पंखा सौजन्य गरेकोमा धन्यवाद दिए । पछिल्लो समय भैरहवा क्षेत्र लगायत विश्वव्यापी रुपमा गर्मी अत्यधिक बढ्दै गएको अवस्थामा बैंकले प्रदान गरेको पंखाले पनि आम सर्वसाधारणका लागी निकै उपयोगी हुने बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय एक्सटेन्सन काउण्टर प्रमुख नम्रता पाण्डेले प्रशासन कार्यालय रुपन्देहीमा पछिल्लो समय नागरीकता तथा राहदानीका लागि मात्रै दैनिक सयौंको संख्यामा सेवाग्रहीहरु आउने गरेको बताउँदै बैकले प्रदान गरेका पंखा मार्फत सयौं सेवाग्राहीले प्रत्यक्ष लाभ लिन सक्ने बताए ।
प्रभु बैंक भैरहवा शाखा प्रमुख सुनिता रानाले बैकले सामाजीक उत्तरदायीत्व अन्तर्गत विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताइन । उनले प्रभु बैंकको जिल्ला प्रशासन कार्यालय भैरहवामा रहेको एक्सटेन्सन काउन्टरमा आउने क्रममा गर्मिका कारण सेवाग्राहीले भोग्नु परेको सास्ती देखेपछि प्रशासन कार्यालसँग समन्वय गरेर पंखा वितरण गरिएको बताइन ।
सामाजिक उत्तरदायीत्व अन्तर्गत पंखा हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी प्रकाश गौतम, उपेन्द्र राज बराल, बिनय यादव, बिष्णु पन्थी, शारदा बस्याल लगायतको उपस्थिती रहेको थियो ।